८ वैशाख २०८१ शनिबार
राजनीति

नेपालमा सुष्मा स्वराजका २३ घण्टा, के के गरिन् ? (तस्बिर सहित)

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा विहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज स्वदेश फर्केकिछन्। विहिबार अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले करिब २३ घण्टा नेपालमा बिताइन्।

आफ्नो भ्रमण राजनीतिक नभएर मैत्रीपूर्ण भनेकी स्वराजलाई बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीको रात्री भोज दिए।

भोज अघि ओली र स्वराजबीच छलफल भएको थियो। अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच शुरुमा एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता भएको थियो भने त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

रात्रीभोज पश्चात् उनले राजपाका नेताहरुलाई समय दिएकी थिइन। स्वराजले राजपा नेताहरुसँग करिब ४० मिनेट कुरा गर्दै भारतले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

स्वराजले आफ्नो भ्रमणको दोस्रो दिन शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सोल्टी होटलमा ‘ब्रेकफास्ट मिटिङ’ गरिन्। भेटवार्तामा चुनाबपछिको तयारीको विषयमा कुराकानी भएको र राजनीतिक स्थायित्व तथा विकासमा भारतको भरपुर सहयोग हुने कुरा उल्लेख छ।

यस्तै उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि शुक्रबार नै भेट गरिन्। शुक्रबार मात्रै उनले ४ वटा भेट गरेकि थिइन्।

शुक्रबार नै स्वराजले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिन्। भेटमा उनले राष्ट्रपति भण्डारीलाई सफलतापूर्वक चुनाव सकेकोमा बधाइ तथा शुभकामना दिइन्। राष्ट्रपतिसँगको भेटवार्ता पश्चात् स्वराजले शुक्रबार मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरिन्।

भेटमा नेपाल तथा भारतको सम्बन्ध अझै मजबुद गराउनुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको ट्विटरमा उल्लेख छ। 

२३ घण्टाको नेपाल भ्रमण सकेर स्वराज आजनै भारत फर्केकी छन्।

प्रकाशित: १९ माघ २०७४ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App