७ वैशाख २०८१ शुक्रबार
अन्य

लज्जाबोध

कर्कीनी आमैको गोठमा गाईवस्तु कराइरहेका हुन्थे । ‘यी डाम्ना पनि कति कराउन सकेका ?’ आमै गाईवस्तुसितै बोल्थिन् । टाट्नामा बाख्राको समवेत स्वरले गोठ नै उचालिए झैं गर्थ्यो । जुठेल्नामा जूठा भाँडामा झिँगा भन्किरहेका हुन्थे । बिहानै ओखरको बोटमा आएर काग कर्कश स्वरले कराउँथे । एकछिनपछि एक हूल काग जुठा भाँडाको भात टिप्न आइपुग्थे । आमै फेरि कागसँगै कुरा गर्थिन्, ‘हा हा ! डाम्ना जतिले भाँडै उडाउने भए ।’ 

कर्कीनी आमैलाई एकछिन फुर्सद हुँदैनथ्यो । जीवनको उत्तरी सीमातिर पुग्नै लाग्दा पनि उनलाई बिहान उठेदेखि रातिसम्म ताईको फुलौराझै गर्नु परेको थियो । कर्कीनी आमैलाई अाफ्नै घरव्यवहारको बोझले किची नै रहेको थियो ।
कर्कीनी आमैका दिन यसरी नै बिते । र, बितिरहेका थिए । ढिलोमा दिनको बाह्र बजे आमैको आँगनमा तासको खाल जमिसकेको हुन्थ्यो । धुर्वे कार्कीकै पसलमा सदाबहार जुवाडेहरूले लोकल ठर्रा लगाइसकेका हुन्थे । जुवाडेहरू मनलाग्दी बोल्थे । रक्सीले आवाज लर्बरिएको हुन्थ्यो । बोली नै पिच्छे ‘मु...’ र ‘जाँ...’ आएकै हुन्थ्यो । धुर्वेको पसलमा किनमेल गर्न आएका प्रायः सबै ग्राहकले एउटा न एउटा अश्लील शब्द सुनेरै जानु पथ्र्यो । तास खेल्न छोडेर धुर्वे पसलको सामान बेच्नतिर लाग्दैनथ्यो । त्यसैले ग्राहक निकैबेर धुर्वेको पसलको दैलामा उभिनु पथ्र्यो । तास फिट्ने र बाँड्ने समयमा धुर्वे पसलमा व्यापार गथ्र्यो । फोहोरी शब्द बोलेर अरूलाई सुनाउन पाउँदा जुवाडेहरू आपूmलाई ठूलो मान्छे सम्झन्थे । लज्जाबोध हुँदैनथ्यो । गर्वबोध हुन्थ्यो उनीहरूलाई । फोहोरी शब्द सुनेर कर्कीनी आमै मुख अमिलो पार्थिन् । बरु कर्कीनी आमै लाजले पानी बन्थिन् । पसलमा आएका मानिसको मुखमा हेरेर जिब्रो टोक्थिन् ।   

वर्षौँदेखि धुर्वे कार्कीको आँगन तास र जुवाको खाल बनिरह्यो । आफ्नै लोग्नेको बाह्रमासे चालाले कर्कीनी आमै आजित भएकी थिइन् । लोग्नेदेखि उनी भित्रभित्रै मुर्मुरिन्थन् । तर केही भन्दिनथिन् । कर्कीनी आमै सोच्थिन्, ‘यो उमेरसम्म श्रीमान्लाई मुख लगाइएन, अब किन मुख छुचो बनाउनु ?’ 

गाउँका बच्चाहरू स्कुल जान छाडेर वरिपरि झुम्मिएर तास खेलेको हेरिरहेका हुन्थे । तिनकै सिको गरी बाह्रपन्ध्र वर्षका केटाकेटी पनि तास खेल्न थालेका थिए । जाँडरक्सी र जुवातासले गाउँसमाज बिग्रिँदै गएको थियो । तर, गाउँसमाज बिग्रनु कसैको चासोको विषयभित्र परेको थिएन ।  

आँगन हेरिनसक्नु फोहोर हुन्थ्यो । पहिलेपहिले कर्कीनी आमै शालको पातमा बेरेका बिंडीका ठुटा कुचो लगाएर फाल्थिन् । बिंडीबाट चुरोटमा जुवाडेहरूको बढुवा भयो । ठुटो छेउमा फाल्थे । आँगनमा थुकेको खैनीको छोक्रा कुचोले बढार्दा आमैको नाकै फुट्लाजस्तो हुन्थ्यो । 

घण्टाघण्टामा धुर्वे बुढो चिया ल्याउन आदेश गथ्र्यो । भन्थ्यो, ‘ए बुढी, चिया पो खान मन लाग्यो मलाई त । लौ न है !’ 
मनमा रिसको आगो दनदनी बलेपनि कर्कीनी आमै कुनै प्रतिवाद नगरी आज्ञाकारी शिष्यलेभैmँ चिया ल्याइदिन्थिन् । जुवाडेहरू चिया पिउँथे र तानेको चुरोटको ठुटो चियाकै गिलासमा निभाउँथे । कर्कीनी आमैलाई गिलास माभ्mन पनि घिन लाग्थ्यो । गिलासबाटै चुरोटको अमिलो गन्ध आउँथ्यो । एकातिर घरका सयौं सुसेधन्दा भ्याउनु छ, अर्कोतिर जुवाडेहरूको फर्माइस पनि पूरा गरिदिनु छ । गाईवस्तुलाई घाँसपानी, खोलेफाँडो त झन् आमैको ठेक्का नै भइहाल्यो । 
गाउँमा मोटर आएपछि चहलपहल बढ्यो । सडकछेउछाउ भ्mयाल्टी प्रकृतिका हुटेल खुलेका थिए । भ्mयाल्टीमा लोकल ठर्राकै क्रयबिक्रयको ग्राफ उकालो लागेको हुन्थ्यो । गाउँमा धेरथोर उत्पादन भएको तरकारी र फलपूmल गाउँकै हुटेलमा खपत हुन थालेको थियो । घरघरमा बनाएको घरायसी रक्सी बेच्न गाउँका दिदीबैनीहरूलाई टाढा जानु परेको थिएन । जँड्याहा र माह्रमासेहरू रक्सी बेच्न आएका चेलीबेटीका डोकाबाटै जर्किन तानेर बुद्धिरस सुक्र्याइदिन्थे । एकैछिनमा तिनीहरू बाङ्गा खुट्टा लगाएर हिँड्थे । रक्सीको व्यापारबाट गाउँमा स्वास्नीमान्छेको आम्दानी मात्र बढेको थिएन समाजमा भैmझगडा र मारपिट पनि बढाएको थियो ।
                          
                     ++++++
सत्र वर्षको उमेरमा दुलही बनेर भित्रिइन् उनी । घरको अन्नले खान पुग्दैनथ्यो । सासूससुराको कयस थियो । पाइलापाइलामा सतर्क हुनु पथ्र्यो । धुर्वेले उमेरमा कामै भने नगरेको होइन । बोरा बोकेर ऊ टाढा टाढा बेसाहा खोज्न जान्थ्यो । नुन लिन गोदारसम्म जाने जिम्मा उसैको हुन्थ्यो ।  धनुषाको चिसापानी–गोदारबाट नुन लिएर रामेछाप आइपुग्न दश–बाह्र दिन लाग्थ्यो । धुर्वे कार्कीले बीसौँ पटक गोदारबाट नुन ल्यायो होला । उता जाँदा लुगाफाटो र टन्नै सामलतुमल बोकेर जानुपथ्र्यो । आउँदा दशबाह्र पाथी नुन । साथमा आपूmलाई चाहिने फलाम र सुर्ती पनि । बलवान पुरुष पनि घर आइपुग्दा गलेर फतक्कै हुन्थ्यो । महिना दिनसम्म जिउ पलाउँदैनथ्यो । धुर्वे पनि गोदारबाट नुन लिएर आएपछि हप्तौँसम्म थलिन्थ्यो । 

खेतबारीमा टन्नै ऊखु लगाइएको हुन्थ्यो । गुलियोको लागि ऊखु पेल्यो खुदो र सख्खर बनायो । बिहेको पछिल्लो वर्ष ऊखु पेल्दा कर्कीनी आमैले अत्यन्त पीडास्पद घटनाको सामना गर्नु परेको थियो । त्यो घटना सम्झँदा उनको जिउ अभैm सिरिङ्ग हुन्छ ।  

घरमुनिको ठूलोपाटामा ऊखु पेल्न कोल हालिएको थियो । बेलुकै ऊखुका लाकुरा काटेर टुक्रा पारिकी थिइन् कर्कीनी आमैले । बिहानै ससुराले ऊखु पेल्ने उर्दी गरे । कर्कीनी आमै ऊखुको घान हाल्न बारीको पाटामा झरिन् । उनी ऊखुको घान हाल्न थालिन् । रस थाप्न तल खड्कौँलो राखिएको थियो । धुर्वे र छिमेकी दौँतरी दामोदरले कोल घुमाए ।
उनी ऊखुको घान हाल्दै थिइन् । अचानक कोलले कर्कीनीको हात चेप्यो । तीनोटा औंला प्याट्टै फुटे । तररर रगत आयो । कोलको ठाडो काठले कर्कीनीको हात चेपेको हुनाले हात झिक्न सकिने अवस्था थिएन । नझिक्दा कर्कीनीका अरू औंलै बाँकी रहने थिएनन् । दुईजनाले कोलको ठाडो काठ अलि पछाडि धकेलेर बल्लबल्ल कर्कीनीको हात झिके ।
कर्कीनी आमैलाई दुखाइ सहन निकै गाह्रो भयो । उनी दाह्रा खैँचेर बसिन् । धुर्वेले चेपेको ठाउँमा ‘फु फु’ गरी फुकिदियो । रगत रोकिएन । घाउ बाँध्न धुर्वे झुम्रो खोज्न हिँड्यो । दामोदर अलमल्ल परेर उभिरह्यो । 

कर्कीनीको हातबाट बगेको रगत ऊखुको रसमा मिसियो । सेतो रसमा रातो रगत प्रष्टै देखिएको थियो । खैलाबैला सुनेर आसू बूढी आइपुगिन् । ऊखुको रसमा रगत देखेर तिनले रिस थाम्न सकिनन् । बुहारीको घाइते हाततिर हेर्दै हेरिनन् । बुहारीको जगल्टा समात्दै भनिन्, ‘तँलाई राँड ! तेरो रगत अब कस्ले खान्छ ? ढङ्ग न चालकी कस्ती बुहारी परिछ ! के गर्नु, आप्mनु त कर्मै फुटेको । घरमै पु¥याउन आएकालाई वास्ता गरिएन । कर्ममा यस्ती अलच्छिनी पाउन लेखेको रैछ ।’ 

सासू बुढीले एक खड्कौँलो ऊखुको रस बारीको पाटामा ढोलिइिन् । कर्कीनी आमै एक शब्द पनि बोलिनन् । त्यो दिन कर्कीनीलाई हातको घाउभन्दा बढी मन दुखेको थियो, छियाछिया भएर  ।  त्यो घटना सम्झँदा कर्कीनी आमैको आँखा अभैm पनि रसाएर आउँछ । 
                   ++++++
कर्कीनी आमैका तीन भाइ छोरा जन्मिए । कान्छो छोरो जन्मिएकै वर्ष सासूससुरा बिते, एक वर्षकै अन्तरमा । कर्कीनी आमैले छोराहरूलाई डेरा बसाएर टाढाको स्कुलमा १० कक्षासम्म पढाइन् । छोरा पढाउने कुरामा धुर्वेले पनि नाइँनास्ती गरेन । तर, पछि कुनै छोरा घरमा बसेनन् । सहर पसे । बाहिरतिरैकै बुहारी ल्याए । कुनै बुहारीहरूको पनि स्वभाव र बानीब्यहोरा थाह छैन कर्कीनी आमैलाई । सहरतिरै घरजम गरेर बसेका छन् । बुहारीहरूका पनि नातिनातिना भइसके तर कर्कीनी आमैले तिनको मुख देख्न पाएकी छैनन् । बगे्रल्ती सन्तानकी धनी भएर पनि कर्कीनी आमैले कहिल्यै सुख पाइनन् । कर्कीनी आमैलाई सन्तानविहीन भैmँ भएर ब स्नु परेको छ ।


                  ++++++ 
गोपाल कार्की, रने भुजेल, चोलिन्द्र थापा धुर्वेका खालका नियमित खेलाडी थिए । घाम र पानीमा दलानमा नत्र आँगनमै थर्पु जम्थ्यो । पहिले रक्सी त्यसपछि तासको खाल । धुर्वेका दामलीहरू गनगने, ढुकुरे र गोविन्देले जाँडरक्सीकै कारणले माटो खाइसकेका थिए । 

अचम्म ! बाह्रै महिना कार्की जुवातासमा भुल्थ्यो तर ऊ आपूmलाई समाजको अगुवा ठान्थ्यो । समाजको अगुवा हुन तास र जुवा खेल्न हुन्छ कि हुँदैन, उसले वास्तै गरेन । ‘जो अगुवा, त्यै बाटो हगुवा’ भनेजस्तो भयो ।
गाउँमा पुलिस चौकी बस्यो । अति भएपछि कतिले उजुरी पनि गरे । गाउँमा नियमितजस्तै पुलिस घुम्थ्यो । तर नदेखेझैं गर्थ्यो । थाह नपाएझैं गर्थ्यो ।  
एकदिन तास खेलिरहेकै अवस्थामा पुलिसले भेट्यो । पुलिसले खाल कब्जा ग¥यो । छाड्दै छाडेन । धुर्वे बुढाले भन्यो, ‘सानैदेखि बानी लागिहाल्यो सर । अब नखेली बस्नै सकिँदैन । बुढो भैसकियो । के गरेर दिन कटाउनु हजुर !’ 
असईले भन्यो, ‘बुढेसकालमा रामनाम जपेर बसे भैहाल्यो नि ! तासमै नारिनु पर्छ र ? नखेली बस्नै नसके घरभित्र खेल्नु नि ! तास खेलेर हामीलाई अप्ठेरो नपार्नू ।’ पुलिसले समेत जुवातास खेल्न अनुमति दिएर गयो । 

धुर्वे आपूm पनि खेल्थ्यो र थर्पुको पैसा असुल्थ्यो । गुन्द्रीमा खेलेको थोरै रेट र राडी ओछ्याएर खेलेको अलि बढी रेट राखेको थियो धुर्वेले । आपूmले हारेको दिन अभैm बढी मु¥र्याएर थर्पुको पैसा लिन्थ्यो ऊ । यो कारणले पनि धुर्वे सधैँ नाफामा हुन्थ्यो । तास हारे सापोको नापो थर्पुबाट पैसा आइहाल्थ्यो । 

पुलिसले नै बाटो देखाएपछि धुर्वेलाई तास खेल्न र खेलाउन फुकीदाईं भएको थियो । ऊ झन् हौसिएर खेल्न थाल्यो । खेलाउन थाल्यो । ऊ भन्थ्यो, ‘मेरो घरमा तास खेल्दा हामीलाई समात्ने कसको तागत !’ जो चोर उसको ठूलो स्वर भनेभैmँ धुर्वे कार्कीले अाफ्नै कुरा माथि पाथ्र्यो ।                     
                      ++++++ 
एकाएक धुर्वे कार्की ओछ्यान प¥यो । ओछ्यान पर्दा पनि धुर्वेले तास छाडेन । कर्कीनी आमैले भनिन्, ‘बिरामी भाको बेला त नखेल्नु नि !’ कार्कीले सासैले भन्यो, ‘यै तास खेलेर बुढो भइयो । अब मर्ने बेलामा कस्ले छोड्छ ?’ आमै चुपचाप बसिन् । 
धुर्वे थेगिन छाड्यो । ‘हँ हँ’ गर्दै सिरानीको अडेस लगाएर खेल्यो । अडिन नसकेपछि सुतेर पनि खेल्यो । लोग्नेको बिजोग आमैले हेर्न सकिनन् । रिसले उनको आँखा राता भएर आए । भन्नचैँ आमैले केही भनिन् । भाँडा बजारेर रिस पोखिन् । अर्को दिन आमैले तास लुकाइदिइन् । 

धुर्वे निकै गलिसकेको थियो । चोलेन्द्रे, रने र गोपाले आएर ढोकाबाट चिहाउँथे । धुर्वे उनीहरूलाई भित्र आउन सङ्केत गथ्र्यो । धुर्वेले सासैले भन्यो, ‘मेरी बुढीसित तास मागेर खेल्न आओ । तास उसैले लुकाइहाली ।’ कर्कीनी आमैले तास दिँदै दिइनन् । जुवाडेहरू अमिलो मुख पारेर अन्तैतिर खेल्न गए । आमैले तास एउटा टालोमा बाँधेर जतन गरी राखेकी थिइन् ।

धुर्वे थलै प¥यो । नबाँच्ने भयो । स्वास्थ्यचौकीको अहेव आएर बेथा जाँच्यो । छातीको घ्यार्रघ्यार्र र छिटोछिटो सास फेराइको लक्षणले फोक्सोको बेथा हुनसक्ने बतायो । छिट्टै सहरको अस्पतालमा लैजान सल्लाह दिएर ऊ हिँड्यो ।
अस्पताल लैजाने तयारी गर्दैगर्दै धुर्वे बुढाले सास बिसायो । कर्कीनी आमै भक्कानिएर रुन थालिन् । बाँसको खटमा धुर्वेलाई सुताइयो । कर्कीनी आमै भित्रबाट एउटा पोको बोकेर आइन् । लास ढाकिएको रामनामी कात्रो अलिकति पन्छाएर कर्कीनी आमैले धुर्वेको छातीमा पोको राखिदिइन् । बलिन्द्र आँसु बगाउँदै भनिन्, ‘मेरो लोग्नेको लाससँगै यो तास पनि जलाइदिनू । भोलिदेखि यो गाउँमा कोही पनि बाह्रमासे नबनोस् । गाउँमा कोही पनि नबिग्रिऊन् । मैले कहिल्यै जुवातास खेलेको देख्न नपरोस् ।’

भिड स्तब्ध बन्यो । कर्कीनी आमैका कुराले मलामीको एकछिन शिर निहुरियो । एकोहोरो शङ्खको दिक्दारिलो आवाजले एकपटक गाउँटोल थर्कियो । मलामीले धुर्वेको लास उठाए । ककीर्नी आमै भक्कानिएर फेरि बोलिन्, ‘मेरो लोग्नेसँगै जुवातास खेल्ने बानी पनि उतै सेलाएर आउनू । नत्रभने मेरो घरमैचैँ आउँदै नआउनू ।’
मलामीको भिड पुनः स्तब्ध देखियो । चोलेन्द्रे, रने र गोपालेको मुख अँध्यारिएको थियो । खालको जोडीको चीरगमनले भन्दा पनि कर्कनीको बचनले उनीहरू आहत भएका थिए । लाजले शिर तल गिरेको थियो । उनीहरू यो बेला भने लज्जाबोधले कक्रिएका थिए । sayapatrim@gmail.com
 

 

प्रकाशित: १९ माघ २०७४ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App