‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ हास्य टेलिशृङ्खलाबाट अभिनय यात्रा थालेकी अभिनेत्री हुन्, रेश्मा तिमिल्सेना । हर्के हल्दारमा बुनु मैचाको भूमिकामा प्रस्तुत भएर सबैको मन जितेकी रेश्माले अहिले डिठ्ठा सा’ब सिरियलबाट थप लोकप्रियता कमाएकी कलाकार हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताइन् ।
घुम्न मन लाग्ने ठाउँ
मलाई घुम्न मन लागेको ठाउँ पोखरा हो । यहाँ मलाई जति घुमे पनि घुमिरहुँ जस्तो लाग्छ । यहाँ घुम्दा मनमा आनन्द आएकोे महसुस हुन्छ । त्यसैले मेरा लागि पोखरा प्रिय ठाउँ लाग्छ । त्यसपछि म जन्मेको ललितपुर दहचोक प्रिय ठाउँ लाग्छ ।
कलाकार
मलाई हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ र किशोर भण्डारी (डिठ्ठासा’ब) मन पर्छ । उहाँहरूको एक्टिङको फ्यान हुँ म ।
कुन सौन्दर्य प्रोडक्ट प्रयोग गर्नुहुन्छ ?
बच्चैदेखि लिपिस्टिक र गाजल लाउँछु । यी दुई सौन्दर्य सामग्री मलाई धेरै मन पर्छ ।
भेट्न चाहेको तर नभेटेको कलाकार
बलिउड अभिनेता साहरुख खान हुन् । उनको एक्टिङ मलाई रियालिटी जस्तो लाग्छ ।
नेता
गगन थापा र उदय शमशेर
राजामा
मलाई स्वर्गीय राजा वीरेन्द्र शाह मन पर्ने राजा हुन् ।
मन पर्ने कलर
मेरो फेवरेट कलरमा रातो, नीलो र पहेँलो हुन् । प्रायः म यही पहिरनमा हुन्छु ।
सवारी साधन
छिटोछरितो भएकोले मलाई बाइक मन पर्छ ।
गीत
‘तिमी रोएको पल, तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै, रोइदिन सक्छु म ।’ यो नेपाली फिल्म ऐश्वर्यको हो । यो गीत जति सुने पनि सुनिरहुँ जस्तो लाग्छ ।
गायक
प्रमोद खरेल र रामकृष्ण ढकाल उहाँहरूको स्वरमा एक प्रकारको जादु छ ।
फिल्म
प्रेम पिण्ड । जसमा यथार्थ भाव व्यक्त गरिएको छ । जुन फिल्म बाल्यकालमा हेरेको थिएँ । अहिले पनि ती दृश्य याद आउँछ ।
घुम्न चाहेको देश
मलाई सिंगापुर घुम्ने इच्छा छ । त्यो देश कस्तो होला भनेर कल्पना गर्छु ।
पुस्तक
हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पढेकी छु । यसअघि युवा लेखक बुद्धिसागरको दोस्रो उपन्यास फिरफिरे पढेकी थिएँ । त्यसपछि पढेकी छैन । प्रस्तुति: भोला अधिकारी
प्रकाशित: १९ माघ २०७४ १०:५० शुक्रबार