६ वैशाख २०८१ बिहीबार
खेल

अमेरिकाको अभियान

हस्टन–अमेरिकी फुटबल प्रशिक्षक योर्गन क्लिन्सम्यान टोलीलाई असामान्य सपना पूरा गराउने अभियानमा छन् ।  
अमेरिकाले आफ्नै मैदानमा कोपा अमेरिकाको सेमिफाइनलमा लियोनल मेसीप्रेरित अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ । क्वार्टरफाइनलमा इक्वेडरलाई २–१ ले हराएको अमेरिकालामो प्रतीक्षापछि प्रतियोगिताको कठिन समूहबाट नकआउट चरणमा पुगेको थियो । तर, एनआरजी रंगशालामा अमेरिकन प्रशिक्षकसँग सेमिफाइनल खेल खेल्दा पहिलो रोजाइका केही खेलाडी उपलब्ध हुने छैनन् ।
अर्जेन्टिनाविरुद्ध खेल्न तयारी गरिरहेका क्लिन्सम्यान उपाधि जितको सम्भावना भएको बताउँछन्। क्लिन्सम्यानले पछिल्लो मैत्रीपूर्णखेलको नतिजा र सन् २०१४ को विश्वकपमा गरेकोे प्रदर्शनले विश्वास बढाएको बताए । ‘किन हामीले कोपा अमेरिका जित्छौं भन्ने कुनै कारणछैनन्,’ क्लिन्सम्यानले भने, ‘पछिल्लो समय हामीले तीव्र गतिमा विदेश भ्रमण गरेका थियौं ।केही वर्षअघि युरोप र मेक्सिकोका मैत्रीपूर्ण खेल कठिन थिए । तर, हामी अवे खेलमा जित हात पारेर फर्कियौं ।’
दुई वर्षअघि विश्वकपमा गु्रप अफ डेथ मानिएको समूहबाटजर्मनीसँगै अमेरिका समूह चरण पार गर्न सफल भएको थियो ।
‘अर्जेन्टिना ठूलो छ । त्यो भन्दा हामीले अर्जेन्टिनाबारे कुरा गर्न आवश्यक छैन, क्लिन्सम्यानले भने, ‘दुई वर्षअघि हामीले रोनाल्डोविरुद्ध खेलेका थियौं र हामीले ९६औं मिनेटसम्म २–१ खेल अग्रता लिएका थियौं ।’
उनको टोलीले विश्वकपमा पोर्चुगलविरुद्ध पहिलो चरणको खेल २–२ को बराबरीमा टुंग्याएको थियो ।
क्लिन्सम्यानले भने, ‘हामीले धेरै मानिसलाई आश्चर्यमा पारेका छौं । कसैले हामीलाई समूहबाट बाहिरिन अवसर दिएन । नकआउट खेलमा सबै सम्भव छ । तपाई जोसँग खेलेपछि ५०–५० प्रतिशत सम्भावना हुन्छ ।’
उनल थपे, ‘सपना ठूलो छ । नहुनु पनि किन ? अबको दुवै खेल महत्वपूर्ण छ ।’
प्रभावशाली मिडफिल्डर जेर्माइन जोन्स, एलिजान्ड्रो बिडोया र ह्यामबर्गसँग अनुबन्धित स्ट्राइकर बबी वुडको अनुपस्थितिमा टोलीलाई समन्वय मिलाउन चुनौती हुनेछ । तीनै खेलाडीको अमेरिकाले पाएको उपलब्धिमा महŒवपूर्ण भूमिका छ । वुडले तीव्र गतिमा आक्रमण गर्न सक्छन् । उनको उपस्थितिले भेट्रान क्लिन्ट डेम्पसेलाई ठाउँ बनाउन सजिलो हुन्थ्यो । जोन्सलाई मिडफिल्डको मुख्य खेलाडीमा लिइन्छ । कार्डका कारण उनीहरूको उपस्थित नभए पनि प्रशिक्षक क्लिन्सम्यान आफ्नो टोलीमा ‘अन्डर डग’ को मानसिकता भएको बताउँछन् । क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध खेल्दा अमेरिकाले दोस्रो हाफपछि दबाब बढाएको थियो । तर, दक्षिण अमेरिकन टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर देखियो ।
जारी प्रतियोगितामा अर्जेन्टिनाले खेलेको चार खेलमा १४ गोल गरिसकेको छ ।  आइतबारक्वार्टरफाइनलमा मेसीको उत्कृष्ट प्रदर्शनबाट अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ ले हराएको थियो । जहाँ मेसीले अर्जेन्टिनाका हस्ती ग्राबियल बाटिस्टुटासँगको कीर्तिमानसँग बराबरी गरेका थिए । मेसी र बाटिस्टुटाको नाममा राष्ट्रिय टोलीबाट ५४ गोलको कीर्तिमान छ ।
मेसीले अमेरिकासँग खेल्न सहज नभएको बताए । उनले भने, ‘हामी सही बाटोमा छौं । तर, अमेरिकन समर्थकमाझ खेल्नु धेरै कठिन हुनसक्छ । फिजिकल्लीरूपमा उनीहरू बलियो टोली हो । उनीहरूले धेरै बिगार्न सक्छन् ।’
अन्य टोलीभन्दा अर्जेन्टिनाको जितले विशेष अर्थ राख्नेछ । जेरार्डाे मार्टिनोको टोली अमेरिकासँगको खेल जिते २३ वर्षपछि मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न मात्र ९० मिनेट टाढा हुनेछ । मेसी र उनका साथीहरू गतवर्ष कोपा अमेरिकाफाइनलमा चिली र २०१४ को विश्वकपमा जर्मनीसँग निराश हुनुपरेको थियो । बार्सिलोनाका सुपर स्टार मेसीले भने, ‘यो स्पष्ट छ । म आफ्नो देशका लागि उपाधि जित्न चाहन्छु । म सबै गर्न चाहन्छु । म त्यो गर्न सक्छु पनि ।’
    

 

प्रकाशित: ७ असार २०७३ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App