coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जोन तामाङको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिद्वारा जानकारी

काठामाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले फुल्चोकी हाइकिङमा जाँदा बेपत्ता भएर सात दिनपछि भेटिएका बालक जोन तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन्। तामाङको स्वास्थ्यको जानकारी लिन राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा बिएण्डबी अस्पताल पुगेका थिए।

अस्पताल पुगेर शर्माले राष्ट्रपतिको तर्फबाट स्वास्थ्य लाभको कामना गरेका थिए।

हाइकिङमा जाँदा हराएका तामाङ बुधबार भेटिएका थिए। उनको अहिले बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ माघ ११ गते बिहीबारदेखि हराएका थिए।

 

प्रकाशित: १९ माघ २०७४ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App