७ वैशाख २०८१ शुक्रबार
कला

साहित्यकार ब्राजाकीको निधन

काठमाडौँ– साहित्यकार मनु ब्राजाकीको निधन भएको छ ।  

ब्राजाकीको शुक्रवार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी छन् । 

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्छन् ।(रासस)

प्रकाशित: १९ माघ २०७४ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App