७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा 'ब्रेकफास्ट मिटिङ' भएको छ ।

भेटपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दुर्इ देशबीचको सम्बन्धलार्इ अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको बताए । दाहालले भने, "विदेशमन्त्री स्वराजले चुनावपछिको तयारी र नयाँ सरकार गठनका विषयमा जिज्ञासा राख्नुभयो र आगामी दिनमा राजनीतिक स्थायित्व र विकासमा भारतको भरपुर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।"

भेटका क्रममा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा औपचारिकरुपमा बधार्इ दिएको अध्यक्ष दाहालले जानकारी दिए । साथै नयाँ संविधानको मातहतमा तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी प्रकट गरेको छ । भेटका क्रममा अध्यक्ष दाहालले आफूहरु छिमेकी देशहरुसँग समान र मित्रवत सम्बन्ध राखेर अघि बढ्ने बताएको जानकारी दिए ।

 

प्रकाशित: १९ माघ २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App