coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नाटकमा फरक प्रयोग

रुन खोज्छु जति हाँसो उठ्छ उति यहाँ
खोई कसलाई सुनाउँ आफ्नो कुरा 
सबैलाई हाँसो उठ्छ यहाँ
कसकसको विपक्ष बनुँ खै 
आफ्नै घरमा बास उठ्छ यहाँ... 
मण्डला थिएटरमा प्रदर्शन भइरहेको नाटक ‘भागवत टोलमा भोलाराम’मा पात्रले यही कविता भन्छन् । नाटकमा मुख्य पात्रका रूपमा प्रगतिशील कवि भोलाराम अल्पविराम छन् । नाटकमा कविको दुःखद निधन हुन्छ, सानो कारणले । सानो दाँत दुखाइबाट सुरु भएको रोगको निदानका लागि कविलाई वैद्य, माता, नामी डाक्टरसम्म पनि पु¥याइन्छ । तर, उनको उपचार सफल हुँदैन । उनले आफूलाई सामान्य दाँत दुखेको मात्रै बताउँछन् तर विभिन्न मानिसको सल्लाह मानेर उनलाई सुरुमा झारफुक गरिन्छ, वैद्य, माताकहाँ पु¥याइन्छ । जसकारण उनको रोग निको हुनुका साटो बल्झँदै जान्छ । अन्तमा उनलाई काठमाडौंकै नामी डाक्टरकहाँ पनि पु¥याइन्छ । अन्ततः अल्पआयुमै उनको निधन हुन्छ । 

सल्लाह, हल्लाको भरमा हाम्रो समाज चलेको छ भन्ने सन्देश नाटकले देखाउन खोजेको छ । 
सामान्य घाउ–खटिरा आएको मानिसलाई सल्लाह दिने धेरै हुन्छन् । सल्लाह र हल्लाकै पछि लागेर उनलाई धामी–झाँक्रीदेखि चिकित्सककहाँ पु¥याइन्छ । रोग पत्ता लगाउने नाममा दर्जनौँ तात्रिन्क परीक्षण हुन्छन् । त्यसपछि अनेक औषधि दिइन्छ । त्यसलाई सीधै अस्वीकृत गर्ने आँट कसैमा हुँदैन । अशिक्षितदेखि माक्र्सवादी दर्शनको व्याख्याकारहरुसम्म सल्लाह शिरोमणि सामु निरीह हुन्छन्।

 नाटक वियोगान्त हो तर संवादमार्फत पात्रले दर्शकलाई हसाउँछन् । अरुको सल्लाह सुझावकै भरमा उपचार हुँदा मृत्यु हुन पुगेको नाटकमा देखाइएको छ। 

नाटकका लेखक, परिकल्पनाकार एवं निर्देशक विजय विस्फोटका अनुसार नेपाली रंगमञ्चमा एउटै चरित्रलाई फरकफरक रुपमा प्रस्तुत गरिएको यो पहिलो प्रयोग हो । नाटकमा मुख्य पात्र भोलारामको चरित्रमा चारजना फरक–फरक कलाकार छन् । माघ १० प्रदर्शनमा आएको नाटक हरेक साँझ माघ... सम्म चल्नेछ। 

प्रकाशित: १९ माघ २०७४ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App