८ वैशाख २०८१ शनिबार
खेल

बालुवाटार १० विकेटले विजयी

काठमाडौं – ओपनर प्रनित थापामगरको अर्धशतकप्रेरित बालुवाटार क्रिकेट क्लबले बिहीबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा त्रिमूर्ति ब्वाइजमाथि १० विकेटको सानदार जित हात पारेको छ।

त्रिमूर्तिले प्रस्तुत गरेको ९० रनको लक्ष्य बालुवाटारले ९.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गरेको थियो । बालुवाटारका प्रनितले अविजित ५८ र अर्का ओपनर सुमन उदयले २६ रन जोडे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको त्रिमूर्तिले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन जोड्यो । त्रिमूर्तिका हिमांशु दुलालले सर्वाधिक २३ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्रिमूर्तिलाई सस्तोमा समेट्ने क्रममा बालुवाटारका क्षीतिज सिंहले ३ र अमर सिंह राउटेलाले २ विकेट लिए।

यसअघि गौरव खड्काको अर्धशतकप्रेरित आइओई पुलचोकले लर्ड बुद्ध क्रिकेट एकेडेमीलाई  ७ विकेटले पराजित गरेको छ।
लर्ड बुद्धले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य आइओईले ४ बलअगावै ३ विकेटको क्षतिमा पूरा ग¥यो। आइओईका लासग गौरवले ५० र पंकजकुमार दासले अविजित ४४ रनको योगदान गरे।

लर्ड बुद्धका कृष्ण गजुरेलले २ र प्रसून थापामगरले १ विकेट लिए।

यसअघि टस जित्दै पहिला ब्याटिङ गरेको लर्ड बुद्धले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रनको योगफल तयार पारेको थियो।
लर्ड बुद्धका ओपनर अविशेष थापामगरले ३४ र एम श्रीवास्तवले अविजित ३४ रन जोडे। आइओईका नवराज न्यौपाने, चिरञ्जीवी पाण्डे र मनीष ज्ञवालीले समान २–२ विकेट लिए।

 

प्रकाशित: १९ माघ २०७४ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App