coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘शेरबहादुर’ प्रिमियरमा सुनिलको तारिफ

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’ले गत बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा उल्लेख्य मात्रामा सहभागिता जनाएका फिल्मकर्मीले फिल्म प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले अभिनेता सुनिल थापाको अभिनयको तारिफ गरे । उनले फिल्मले उठाएको विषयवस्तु तथा अन्य कलाकार रविन्द्र झा र मेनुका प्रधानको पनि खुलेर प्रशंसा गरे । यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री करिश्मा मानन्धरले अपेक्षा गरे भन्दा राम्रो फिल्म बनेको बताए । अभिनेता पल शाहले फिल्मले पछिल्लो पटक रिलिज आम फिल्मको तुलनामा फरक स्वाद पस्केको बताए ।

सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको फिल्ममा आर राजवंशीको निर्देशन तथा प्रदीप भट्टराईको क्रियटिभ निर्देशन छ । गौरीशंकर धुजु र धिरज राजवंशी निर्माता रहेको फिल्ममा दिर्घ गुरुङ र निर्णय जिसीको छायांकन, प्रमोद क्षेत्रीको कथा र निमेष श्रेष्ठको सम्पादन छ ।
 

प्रकाशित: १९ माघ २०७४ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App