७ वैशाख २०८१ शुक्रबार
कला

प्रियंकाको बच्चा पाउने रहर

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा प्रायः काम र आफ्नो भनाइका कारण चर्चामा आउने गर्छिन् । बलिउडबाट हलिउडको यात्रा गरिरहेकी प्रियंका पुनः एकपटक आफ्नो भनाइका कारण चर्चामा आएकी छन् । व्यवसायिक जीवन र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने प्रियंका यसपटक व्यक्तिगत कुराले चर्चामा आएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंकाले कहिल्यै पनि मिडियामा आफ्नो करिअरको समाचारको विषयमा प्रतिक्रिया दिएकी छैनन् । तर, उनले एक अन्तर्राष्ट्रिय पत्रिकालाई हालै दिएको एक अन्तर्वार्तामा आफ्ना मनका कुरा राखेकी छन् । उनले अन्तर्वार्तामा सन्तानको चाहना व्यक्त गरेकी छन् । ‘म धेरै बच्चा चाहन्छु । तर, समस्या यो छ कि यो चाहना कोबाट पूरा हुन सक्छ त्यो पत्ता लगाउन सकिरहेकी छैन ’ उनले भनेकी छन् ।

उनले आफू लामो समयदेखि कसैसँग अफेयरमा नरहेको  बताएकी छिन् । ‘ कसैको ध्यानाकर्षण गराउनका लागि मैले यो कुरा भनेको होइन । वास्तविकता जे छ, त्यही कुरालाई व्यक्त गरेकी हुँ,’उनले भनेकी छन्,‘म विवाहको विषयलाई लिएर निकै गम्भीर छु । मलाई परिवार जस्तो संस्थामा पूरा विश्वास छ ।’

अन्तर्वार्तामा प्रियंकाले आफ्नो हुनेवाला जीवनसाथीको योग्यताका लागि सर्त पनि राखेकी छन् । ‘यदि मेरो पार्टनरले मेरो हेरचाह गरेन र स्मार्ट  देखिएन भने वैवाहिक जीवन लामो समयसम्म जान सक्दैन । यदि पार्टनरले मलाई केही काममा व्यस्त बनाएन भने पनि त्यस्तो व्यक्तिसँग म बस्न सक्दिन,’प्रियंकाले भनेकी छिन् ,‘आफू रोमान्टिकसँगै भावुक पनि भएकाले पार्टनरले मेरो सम्मान गर्न सक्नुपर्छ ।’
बलिउडमा हुँदा प्रियंकाको नाम अक्षय कुमार, हरमन बावेजा र साहरुख खानसँग जोडिएको थियो । हलिउडमा भने प्रियंकाको नाम ‘बेवाच’कोस्टार ड्वाने जोनसनसँग जोडिएको थियो ।

 

प्रकाशित: १९ माघ २०७४ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App