coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

इजिप्ट जाँदै मौनता लामा

काठमाडौं– १ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले बिहीबार राजधानीको रोयल एम्पायर होटलमा कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दिएको थियो । गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाइ दिएकी थिइन् । कपन निवासी १८ वर्षीय लामा साइन्स बिषय लिएर प्लस टु अध्ययनरत छिन् । प्रयर्टन र सुन्दरता सम्बन्धी प्रतियोगिताको विभिन्न प्रारम्भिक चरणको छनौटपछि उनले ताज पहिरिन सफल भएकी हुन् ।

लाइन्स क्लब अफ काडमाडौका पूर्व अध्यक्ष तथा रोयल एम्पायर होटल बालुवाटारका प्रमुख प्रकास सिंह कार्की, कुटुम्ब ब्यान्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निणर्य श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की विजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

‘मिस इको इन्टरनेशनल २०१८’ लामाले ८० राष्ट्रका सुन्दरीहरुसँग प्रतिस्प्रर्धा गर्नेछिन् । लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडि यो प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ  र  रोनाली अमात्यले सहभागिता जनाएका थिए ।

 पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्न  मिस इको इन्टरनेशनलको आयोजना हुदै आएको ग्रीन आर्ट मिडियाका मुख्य कार्यकारी  अधिकृत प्रविन लाकौले बताए ।
 गतवर्षकी विजेता रोनालीले मिस इको इन्टरनेशनल विश्वमा नेपालको साैन्दर्य र संस्कृति चिनाउने अवसरको रुपमा आफूले बुझेको बताइन् । उनले प्रतियोगितामा सहभागितापछि आफ्नो लागि धेरै अवसरको ढोकासमेत खुलेको उनको भनाई थियो । विजेता लामाले नेपालको संस्कृति झल्काउने ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको पहिचानसहितको डकुमेन्ट्री प्रतियोगितामा देखाउनेछिन् ।

प्रकाशित: १९ माघ २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App