प्रदेश– ३

मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

शुक्रबार, १९ माघ २०७४, ०७ : ३६ नागरिक

रमेशकुमार पौडेल/अशोक सुजन श्रेष्ठ

 

हेटौंडा – यही माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठूलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट सभामुख चुनिँदैछन् ।

‘सभामुख म हुन्छु’ भनेर अहिलेसम्म कसैले मुख खोलेका छैनन् तर मुख्यमन्त्रीमा दाबी गर्ने भने एमालेभित्रबाट चारजना देखिएका छन् । वाम गठबन्धन (एमाले र माओवादी) मा प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ ।

एमाले सांसद अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छिन् । काठमाडौं निर्वाचन क्षेत्र नं ८ (ख) बाट विजयी शाक्यले बिहीबार बसेको संसद्को पहिलो बैठकमा पार्टीतर्फबाट सम्बोधन गरिन् । तर, उनलाई सजिलै मुख्यमन्त्री बन्न सम्भव छैन अरु नेताले पनि यो पदमा दाबी गर्दै आएका छन् । मुख्यमन्त्री दाबी गर्ने अन्य नेतामा धादिङ निर्वाचन क्षेत्र नं १ (क) बाट विजयी राजेन्द्र पाण्डे पनि छन् । त्यस्तै काठमाडौं क्षेत्र नं ७ (क) बाट विजयी केशव स्थापित पनि संसद् बैठकस्थल परिसरमा पत्रकारसँग आफू मुख्यमन्त्री हुने भन्दै थिए । दोलखाबाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गरेका पशुपति चौलागाई पनि मुख्यमन्त्रीका अर्का दाबेदार देखिए । ज्येष्ठ सदस्य हैसियतमा प्रदेशसभा बैठकको अध्यक्षता गरेका मकवानपुरबाट विजयी डोरमणि पौडेल पनि मुख्यमन्त्रीको चाहना राख्नेमध्ये पर्छन् ।

‘महिला मुख्यमन्त्री बन्ने सम्भावना यो ३ नम्बर प्रदेशबाहेक अन्यत्र छैन । त्यसैले स्वाभाविक रुपमा मेरो दाबी छ । मुख्यमन्त्री मनै हुनेछु’, प्रदेशसभा बैठकस्थलमा पत्रकारसँग कुरा गर्दै शाक्यले भनिन् । त्यस्तै अर्का आकांक्षी पाण्डेले मुख्यमन्त्री हुने चाहना धेरैले राखे पनि अन्तिममा आफू नै  हुने बताए । ‘हेर्दै जानुस् अन्तिममा यो पदका लागि ममात्रै हुनेछु’, पत्रकारसँग पाण्डेले भने ।

माघ २७ गते सभामुख निर्वाचन हुने भएको छ । मुख्यमन्त्रीको टुंगो लागेसँगै सभामुखको पनि निक्र्योल हुने चितवनबाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका विजय सुवेदीले बताए ।
एमालेमा संसदीय दलको नेता छान्न चुनावै हुने सम्भावना देखिएको छ ।
‘नेताहरुले लौ यो मुख्यमन्त्री बने हुन्छ भनेको अवस्था रहेन । अब हामीले नै संसदीय दलको नेता तोक्ने हो । त्यो बेला नेता बन्छु भनेर म पनि उठ्दैछु’, चौलागाईले भने ।

एमालेबाट निर्वाचित पौडेलले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताए । उनले भने, ‘मेरो चाहना मुख्यमन्त्री नै हो तर चाहनाले मात्रै भएन । पार्टीले निर्णय गर्ने हो । हामी पार्टीको निर्णय मान्नेछौं ।’

एमालेबाट निर्वाचित एक सदस्यका अनुसार शाक्य मुख्यमन्त्री बन्ने अवस्था आए सभामुखमा पाण्डे वा चौलागाईलाई ल्याउने सम्भावना छ । तर उनीहरुले सभामुख हुन नचाहे पौडेललाई सभामुख बनाउने पार्टी योजना छ । ‘मलाई पार्टीले तँ सभामुख हुनुपर्छ भनेछ भने हुन्न नै त भन्दिनँ तर मेरो चाहना मुख्यमन्त्री हो’, पौडेलले भने । दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र चितवन गरी प्रदेश ३ मा १३ जिल्ला छन् । यो प्रदेशसभामा आठ पार्टीको प्रतिनिधित्व छ।

एक सय १० सदस्यीय यो प्रदेशसभामा सबैभन्दा धेरै एमालेका ५८ सदस्य छन् । त्यस्तै माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २१, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका दुई र नयाँ शक्ति नेपाल पार्टी, राप्रपा (प्रजातान्त्रिक) र राप्रपाका एक÷एक सदस्य छन्।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad