coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङको ग्यालेक्सी ए८ प्लस

काठमाडौं – सामसङले ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको भनिएको उक्त फोनको मूल्य बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ ।

उक्त ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी दुई सय ५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।यो सामसङको पहिलो डुअल क्यामरायुक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन छ । कम्पनीका अनुसार ग्यालेक्सी ए८ प्लस फोनमा ठूलो स्क्रिन छ, जसको अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ ।

आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यसमा १६ मेगापिक्सल तथा ८ मेगापिक्सलका क्यामरा छन् । यसमा एफ १.९ को डुअल क्यामरा, १६ मेगा पिक्सल एफ १.७ रियर क्यामरा लगायत थुप्रै विशेषता छ । साथै, यस फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीको विवरण प्राप्त गर्न सकिन्छ ।

प्रकाशित: १९ माघ २०७४ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App