१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सञ्जयदत्तलाई रिहा गर्ने निर्णय अदालतले सदर ग-यो

मुम्बई – अवैध हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सञ्जय दत्तलाई ८ महिनाअगावै रिहा गर्ने राज्य सरकारको निर्णय बाम्बे उच्च अदालतले सदर गरेको छ।

सजाय पूरा हुनु अघि नै उनलाई रिहा गर्ने निर्णयविरुद्ध अदालतमा मुद्दा परेको थियो। यो मुद्दामा विहीबार सुनवाई गर्दै न्यायाधीश एससी धर्माधिकारी र भारती डांगरेको इजलासले राज्य सरकार र गृहविभागको दस्तावेज सहि भएको भन्दै रिहा गर्ने निर्णय सदर गरेको हो। अदालतले यो प्रकरणमा राज्य सरकारको कुनै त्रुटी नरहेको पनि स्पष्ट पारेको छ।

मुम्बईमा सन् १९९३ मा भएको श्रृंखलाबद्ध बम हमलाको समयमा अवैध रुपमा एके–५६ राइफल राखेको र त्यसलाई नष्ट गरेको विषयमा दोषी ठहर गर्दै सञ्जयलाई अदालतले ५ वर्षको सजाय सुनाएको थियो।

उनले अदालतमा मुद्दा विचाराधिन हुँदा १ वर्ष ४ महिना र फैसलापछि अढाई वर्ष जेल काटिसकेका छन्। बाँकी ८ महिनाको सजाय कारागारमा उत्कृष्ट आचरण देखाएको भन्दै प्रशासनले माफी दिँदै १६ फ्रेबअरी २०१६ मा रिहा गरेको थियो।

प्रकाशित: १८ माघ २०७४ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App