coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशमा संसदीय दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधी

काठमाडौं– नेपाली कांग्रेसले प्रदेशसभा संसदीय दलको नेता चयनका लागि ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधी खटाउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस बैठकले प्रदेशसभा संसदीय दलको नेता चयनका लागि सबै प्रदेशमा केन्द्रीय प्रतिनिधी खटाउने निर्णय गरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए।

निर्णयअनुसार प्रदेश नम्बर १ मा डा. मिनेन्द्र रिजाल, २ मा विमलेन्द्र निधि, ३ मा डिना उपाध्याय, ४ मा गोविन्द भट्टराई, ५ मा बालकृष्ण खाँण, ६ मा ह्रृदयराम थानी र प्रदेश नम्बर ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटिनेछन्।

प्रकाशित: १८ माघ २०७४ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App