८ वैशाख २०८१ शनिबार
समाज

फ्युज हाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

खोटाङ – करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ। ३३ केभी हाइटेन्सनको बिग्रेको फ्युज हाल्नेक्रममा करेन्ट लाग्दा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका ३२ वर्षीय टंकनाथ निरौलाको मृत्यु भएको हो।

बिहीबार करेन्ट लागेर गम्भीर घाइते भएका निरौलालाई उपचारका लागि काठमाडौं लैजाने तयारी गर्दागर्दै मृत्यु भएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए। अस्पताल लैजानका लागि काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर ल्याइए पनि चढाउने तयारी गर्दा निरौलाको मृत्यु भएको हो।

उपचारका लागि ल्याउन नपाउँदै निरौलाको मृत्यु भएकाले उनलाई ल्याउन चार्टर गरिएको हेलिकोप्टर रित्तै फर्किएको गाउँपालिका प्रमुख निरौलाले बताए।

प्रकाशित: १८ माघ २०७४ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App