७ वैशाख २०८१ शुक्रबार
राजनीति

सोल्टीमा ओली र स्वराजबीच भेटवार्ता (फोटो फिचर)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

बिहीबार अपराह्न काठमाडौं आइपुगेकी स्वराजसँग अध्यक्ष ओलीले साँझ साढे ६ बजे होटल सोल्टीमा भेट गरेका हुन्। ओलीले सोल्टीमै स्वराजको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्।

भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र आगामी सरकारसँग सहकार्यका विषयमा छलफल भएको ओलीको निजी सचिवालयले जनाएको छ। भेटमा स्वराजले वाम गठबन्धन नेतृत्वको आगामी सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएकी थिइन्।

६ महिने नाकाबन्दीबाट चिसिएको नेपाल–भारत र भारत–ओली सम्बन्ध सुधारका रुपमा स्वराजको भ्रमणलाई लिइएको छ। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा आगामी सरकारसँग सहकार्यको वातावरण बनाउन नेपाल आएको बताइन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App