४ वैशाख २०८१ मंगलबार
अर्थ

गाईपालनबाट मासिक १ लाख आम्दानी

पाल्पा – पाल्पाकाे तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनेकी छिन्। 

गैरेले गाईपालन व्यवसायबाट मासिक रु १ लाख आम्दानी गर्दैआएकी छिन्। हाल उनीसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दुध बिक्री गर्दैआउरहेकी छन्। 

गैरे पूर्व माओवादी लडाकू हुन् । उनले स्वेच्छिक अवकाशका क्रममा प्राप्त गर्नुभएको रु ५ लाख रकमबाट अर्गलीमा गाईपालन गर्न थाल्नुभएको हो । ५ वर्षको अवधिमा रु १५ लाखभन्दा बढी लगानी गरिसकेको गैरेले बताइन। 

तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गर्दैआइरहेकी गैरेले २ रोपनीमा गाई फार्म तथा अन्य जमिनमा उनले घाँसखेती समेत गर्दैआएकी छन् । उनले वार्षिक रु ३६ हजार भाडा तिर्छिन । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।   (रासस) 

प्रकाशित: १८ माघ २०७४ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App