coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

काठमाडौं – अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ। 

यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिए। 

प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । उक्त दुवै सर्किटको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।  (रासस)

प्रकाशित: १८ माघ २०७४ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App