८ वैशाख २०८१ शनिबार
समाज

सुर्खेत, दैलेख हुदै जुम्ला सम्मको सडक प्रथामिकतामा

जुम्ला – सडक सवारी सञ्चालनमा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो र सहज हुने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधीले दैलेख,जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन । साना सवारीले १ दिनमै गन्तव्यमा पुर्याउदै आएकोमा ठुला सवारीमा २ दिन लाग्ने गरेको छ। 

लामो यात्रा, भौगोलिक रुपमा निकै डरलाग्दो भुगोलका कारण यात्रा गर्न निकै असहज हुने गरेको गोठिचौर गाउँपालिकाका रुद्रवहादुर वुढाले जानकारी दिए । उनले भने, भिरैभिरको लामो यात्रामा दुर्घटनाको खतरा मोल्दै यात्रा गर्नु र समयमै घर सम्म पुग्न नपाउनु अहिलेको वाध्यता हो । तर सुर्खेत दैलेख हुदै, जुम्ला सडक निर्माण सम्पन्न भएमा एकै दिनमा कर्णालीको जुम्ला र मुगु सम्म यात्रा गर्न सकिने अवस्था छ । दैलेख हुदै आएको सडक १ सय ७० किलोमिटर हुने भएकोले कर्णाली राजमार्ग भन्दा झण्डै ७० किलोमिटर  छोटो पर्ने प्रतिनिधी सभा सदस्य गजेन्द्रवहादुर महतले वताए । उनले भने, यो सडक वनेको खण्डमा झण्डै ७० किलोमिटर छोटो यात्रा हुने छ, । यसले समयमै गन्तव्यमा पुग्नको लागि सहजता आउने भएको छ। 

जुम्लादेखि सडक हेर्दै सुर्खेत सम्म पुगेका प्रतिनिधी सभा सदस्य महतले सवैको पहल यो वाटोको निर्माण सम्पन्न गर्नेमा केन्द्रित हुनुपर्ने वताए । उनले कालिकोटको महावै गाउँपालिका र दैलेखको सिमानाको गाउँपालिका अध्यक्ष संग छलफल गरेर निर्माण कार्यमा तदारुकता देखाउनको लागि सुझाव दिएको वताए । उनले भने, यो सडकको ट्रयाक खोल्न दुवै गाउँपालिकाको तयारी रहेको भन्दै अव महावुको लेक देखि कालिकोटको चिलखाय सम्मको सडक विस्तारमा जोड दिन आग्रह गरिएको छ। महावै गाउँपालिकाको महावु देखि चिलखाय सम्मको झण्डै ३० किलोमिटर सडक निर्माण भएको खण्डमा यो सडकमा साना सवारी आवागमन सजिलो हुने उनले वताए। 

अब सुर्खेत दैलेख हुदै जुम्ला सम्म आउनको लागि छोटो दुरीको सडक निर्माण कार्यलाई प्रथामिकतामा राख्ने उनले बताए । प्रतिनिधी सभा सदस्य महतले दैलेख जिल्लाका प्रदेश सभा सदस्य र सडक संग जोडिएका गाउँपालिका अध्यक्षहरु संग छलफल गरेका थिए।
 
 

 

प्रकाशित: १८ माघ २०७४ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App