६ वैशाख २०८१ बिहीबार
समाज

डकैतीमा संलग्न ४ जना पक्राउ

भक्तपुर –  भक्तपुरको सिपाडोलमा गत माघ १० गते भएको डकैतीमा संलग्न समुहमध्येका ४ जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन्। 

लुटेरा समुहले काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल गणेश स्कुल नजिकै मनहरी बस्नेतको घरमा डेरा बस्ने कुखुरा व्यवसायी रामबहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर रु १६ लाख ७ हजार ९०० बराबरको नगद, सुनका गहना, मोबाइललगायतका अन्य सामग्री डकैती गरेका थिए। 

घटनामा संलग्न भई फरार भएका अन्यको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। पक्राउ परेकाबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिलाई सरकारले गत वर्ष गणतन्त्र दिवशका अवसरमा कैद मिनाहा गरेर छाडेको थियो। 
यसरी भयो घटना 
महाशाखाका अनुसार घटना भएको दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका ८ जना भेट गरी पीडितको घर नजिक खाजा खाई डकैती गर्ने घरको निगरानी गरेका थिए। 

राती ९ बजे पीडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुञ्जेल निगरानी गरेका थिए । राति २ बजेको समयमा घरमा प्रवेश गरी खुकुरी र पेस्तोल देखाई परिवारका सबैलाई नियन्त्रणमा लिई नगद, सुनका गहना, मोबाइलसमेत लिएर निजको घर कम्पाउण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकलसमेत लिई गएको प्रहरीले जनाएको छ। 

घटनापश्चात् उनीहरुले मोटरसाइकल तथा पैदलबाट बौद्ध जोरपाटी आएर नगद भाग लगाएका थिए । डकैती गरेका सुनका गहना सोही समूहका विष्णु भन्ने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु २ लाख ९० हजार लिएको समेत खुलेको महाशाखाले जानकारी दिएको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई डकैती गर्दाको धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ।  (रासस)

 

प्रकाशित: १८ माघ २०७४ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App