coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेविसंघ प्रतिनिधि टुंगो

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिहरुको सूची सार्वजनीक भएको छ। विवादकाबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले शनिबार राती प्रतिनिधिहरुको सूची सार्वजनीक गरेको हो।

झन्डै ३४ सय मात्र महाधिवेशन प्रतिनिधि रहेने गरी गत मंगलबार सहमति जनाएपनि पार्टीको आधिकारीक साइटमार्फ सार्वजनीक गरीको सूचीमा भने तीन सय बढिको नाम छ। नेवि संघ केनद्रीय निर्वाचन समितिका संयोजक भरत खरेलद्वारा हस्ताक्षरगरी सार्वजनीक गरीएको प्रतिनिधि सूचीमा ३७ सय ६० को नाम समावेस गरीएको छ। महाधिवेशन प्रतिनिधिको सूचीमा नेता रामचन्द्र पौडेल पक्षबाट निर्देशक समिति सदस्य रहेका गुरुराज घिमिरेले असहमति जनाएपनि सोही पक्षीय गोविन्द भट्टराई र निवर्तमान अध्यक्ष रञ्जीत कर्णले हस्ताक्षर गरेका छन्।

अर्को पक्षीय दुई नेताको हस्ताक्षेरपछि निर्देशक समिति संयोजक महतले निर्वाचन समितिलाई प्रतिनिधिको सूची बुझाएका हुन। 'सबैको सहमतिमा प्रतिनिधिको सूचीलाई अन्तिमरुप दिएका छौ,' महतले राती नागरिकसँग भने, 'पहिला उहाँहरुले (रञ्जीत, गोविन्द)हरुले हस्ताक्षेर गर्न मान्नु भक्एो थिएनपछि गर्नु भएको छ।'

पार्टी नेता रामचन्द्र पौडेलसँगसमेत टेलिफोनमा कुरा गरेर सूचीलाई अन्तिमरुप दिएको पनि उनले बताए। सार्वजनीक गरीएको सूचीमा आधाभन्दा बढि प्रतिनिधिको नाम र जिल्ला उल्लेख गरीएपनि विश्वविद्यालय र क्याम्पसको नाम उल्लेख छैन।

उता, पौडेल पक्षले भने निर्देशक समितिका संयोजकले एक पक्षीय सूची सार्वजनीक गरेको भन्दै भावीरणनीति बनाउन राती पौडेल निवास बोहोराटारमा बैठक बसेको छ।

 प्रतिनिधि विवाद बल्भि्कँदा बन्दसत्र र नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको थियो। भागबन्डाको आधारमा प्रतिनिधि टुंगो लगाए पनि सहभागिताकोे विषयलाई लिएर नयाँ विवाद सुरु भएपछि महाधिवेशन अन्योलनमा परेको थियोे। कुन्दनराज काफ्ले (पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्व) पक्षले पूर्वसहमतिविपरीत काठमाडौंबाट मात्र प्रतिनिधिको सूची दिएपछि नयाँ विवाद सुरु भएको थियो। काफ्ले पक्षले प्रतिनिधि विवाद टुंगो लगाउँदा भएको समझदारीविपरीत काठमाडौं उपत्यकाबाट मात्र १ सय ६५ प्रतिनिधि सहभागी गराएको रन्जित कर्ण (रामचन्द्र पौडेल नेतृत्व) पक्षलेे आरोप लगाएको थियो।

पौडेल पक्षले पूर्वसहमतिअनुसार प्रतिनिधिको सूची तयार हुनुपर्ने अडान राख्दै आएको छ। एउटै जिल्लाबाट ठूलो संख्यामा प्रतिनिधि सहभागी गराए मान्य नहुने उनीहरूले अडान राख्दै आएका थिए। पौडेल पक्षका नेताहरूको भेलाले शनिबार पूर्वसहमतिअनुसार प्रतिनिधिको नामावली तयार नभए सूचीमा हस्ताक्षर नगर्ने निष्कर्ष निकालेको थियो।

तर, कुन्दनराज काफ्लेले पक्षले भने महाधिवेशन विथोल्नका लागि लगाइएको निराधार हल्ला मात्र भएक्ो दाबी गरे। 'हामीले ५२ जना मात्र नाम दिएको हो,' काफ्लेले भने, 'महाधिवेशन नगराउने बहानावाजी मात्र हो।'

भागबन्डा मिलाउँदा विवादित १३ र टुंगो लाग्न बाँकी रहेका ११ जिल्लामा १० जना नबढाइ महाधिवेशन प्रतिनिधि सहभागी गराउने समझदारी बनेको पौडेल पक्षको दाबी छ। पौडेलनिकट संघका नेतृत्वका आकांक्षीले शनिबार पत्रकार सम्मेलन गर्दै कालो पर्दाभित्रबाट प्रतिनिधि छनोट गर्न लागेको भन्दै फर्जी प्रतिनिधि तत्काल खारेज नगरे महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन्। अनशनको चक्रव्यूह रचेर विधि, विधान र प्रक्रिया एवं लोकतान्त्रिक मान्यताविपरीत भएका उक्त घटना तथा गतिविधिप्रति खेद प्रकट गरेका हुन्।

महामन्त्री प्रत्याशी मनोज वैद्यले बन्दसत्र नगरी हुलहुज्जत र बलमिच्याइँले महाधिवेशन सम्पन्न गर्न खोज्नु लोकतन्त्रको अवमूल्यन हुने उल्लेख गर्दै भने, 'तमाम नेविसंघका साथीहरूको राय, सल्लाह र सुझाव नलिइकन बलमिच्याइँ गरेर महाधिवेशन गर्नु लोकतन्त्रप्रतिको उपहास हो।'

उता अध्यक्ष प्रत्याशी काफ्लेले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै आठौं पटकको प्रयत्नमा महाधिवेशन उद्घाटन भएको सातौं दिन बितिसक्दा पनि प्रतिनिधिको नामावली सार्वजनिक नगरिनु र बन्दसत्र सुरु नगर्नु पार्टी र लोकतन्त्रप्रेमी सबैका निम्ति लज्जाको विषय भएको जनाएका छन्। कुनै पनि बहानामा महाधिवेशन प्रक्रिया नरोक्न र निर्देशन समितिमा सर्वसम्मत भएको प्रतिनिधि नामावली प्रकाशन गरी अविलम्ब बन्दसत्र र निर्वाचन प्रक्रिया सुचारु गर्न माग गरेको छ।

अपारदर्शी र अवैधानिक ढंगले भागबन्डाबाट टुंग्याएका ६४ जिल्लामा आफूअनुकूल संख्या थपघट गरेको, देशभर नक्कली स्ववियु सिर्जना गरी ९८ क्याम्पसबाट नक्कली प्रतिनिधि राखेर पार्टीलाई बुझाएका करिब ७ सय ५० अवैधानिक (फर्जी) प्रतिनिधिलाई पार्टीका तत्कालीन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले सदर गरेको पनि उल्लेख गरिएको छ।

पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले मंगलबार राति ३ सय ५० महाधिवेशन प्रतिनिधि थप गर्दै विवाद अन्त्य गरेको छ। थपिएको ३ सय ५० मध्ये २ सय १५ महाधिवेशन प्रतिनिधि पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला (कुन्दन काफ्ले नेतृत्वको अनशनरत) पक्षलाई दिने समझदारी भएको छ। बाँकी १ सय ७५अनशनरत अर्को पक्षलाई दिने सहमति थियो।

त्यस्तै, सिलिङ मिचेर ल्याइएका ४ सय १८ महाधिवेशन प्रतिनिधिलाई पनि मान्यता दिँदै निर्देशक समितिले बन्दसत्र र नेतृत्व चयन प्रक्रिया अघि बढाउने सहमति गरेको थियो। सहमतिअनुसार शनिबार नेतृत्व चयनका लागि निर्वाचन गर्ने जनाइए पनि अझै प्रतिनिधिको सूची तयार हुन सकेको छैन। पूर्वनिर्धारित कार्यतालिकाअनुसार संघको महाधिवेशन साउन २५ गते नै नयाँ नेतृत्व चयन गर्दै सकिनुपर्ने थियो। तर, नौ वर्षपछि कांग्रेस सभापति शेेरबहादुर देउवाले साउन २३ गते उद्घाटन गरेको महाधिवेशनको अन्य कुनै प्रक्रिया अघि बढ्नै सकेको छैन। विवाद मिलाउनभन्दै पार्टी निर्देशक समितिको बैंठक रातीसम्म जारी छ।

प्रकाशित: ३० श्रावण २०७३ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App