प्रदेश कार्यालय भवन मर्मतका लागि ७ करोड विनियोजन

बिहिबार, १८ माघ २०७४, ११ : ३० नागरिक


मोरङ – एक नम्बरको प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु ७ करोड विनियोजन गरिएको छ।

प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए। प्रदेश नम्बर १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले ७ करोड बजेट विनियोजन गरेको हो।

कार्यालय प्रमुख सिंहले दिएको जानकारीअनुसार विनियोजित बजेट मध्येबाट रु ५ करोड कार्यालय मर्मत–सम्भार शीर्षकमा आएको हो । मन्त्रालयको फर्निचरका लागि रु १ करोड ५० लाख, तथा कम्पाउण्ड, पार्किङलगायत बाहिरी संरचना मर्मतका लागि रु १ करोड बजेट आएको छ । मोरङका प्रजिअ रामप्रसाद आचार्यका अनुसार आएको बजेटबाट कार्यालय मर्मतको काम शुरु गरिएको हो।

आचार्यका अनुसार मन्त्रालय रहने भवनमा रहेका सरकारी अड्डाको व्यवस्थापनको काम पनि शुरु गरिएको छ । मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिव रहने क्षेत्रीय कृषि कार्यालयलाई भुइँतल्लामा सारिने बताइएको छ । पहिलो र दोस्रो तल्ला प्रदेश सचिव र मुख्यमन्त्रीका लागि छुट्याइएको हो । पूर्वान्चल क्षेत्रीय पशुसेवा कार्यालय जिल्लामा सार्ने तयारी गरिएको आचार्यको भनाइ छ।

उनका अनुसार प्रदेश प्रमुखको कार्यालय सार्नेगरी क्षेत्रीय वन निर्देशनालयको भवन खाली गरिएको हो । प्रदेशको अस्थायी मुकाम घोषणापछि क्षेत्रीय पशुसेवा कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको थियो । तर सो भवन सानो भएपछि प्रदेश प्रमुखको कार्यालयलाई क्षेत्रीय वन निर्देशनालयमा सार्न लागिएको छ । प्रदेश प्रमुखका लागि क्षेत्रीय वन कार्यालयको दोस्रो र तेस्रो तला खाली गरिएको छ । पूर्व क्षेत्रीय वनको कार्यालय भुइँतल्लामा राखिने बताइएको छ।

त्यस्तै, मुख्यमन्त्री रहने क्षेत्रीय कृषि निर्देशनालयको कामकाज पनि भुइँतल्लाबाट शुरु गरिएको छ । प्रजिअ आचार्यका अनुसार प्रदेश सभा बैठक बस्ने जिल्ला समन्वय समितिको कार्यालय तेस्रो तल्लामा सारिनेछ । प्रदेश सभाको पहिलो बैठक यही माघ २२ गते बस्नेछ। (रासस)








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad