coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एम्नेस्टी प्रमुख रिहा गर्न आदेश

अंकारा – मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका प्रमुख तानेर किलिक रिहा गर्न टर्कीको एउटा अदालतले आदेश दिएको छ ।

आतंकवादी संगठनको सदस्य रहेको आरोपमा गत जुन महिनामा पक्राउ परेका किलिकलाई राजधानी अंकारास्थित उक्त अदालतले रिहा गर्न आदेश दिएको बिबिसीले उल्लेख गरेको छ । लन्डन आधारित एम्नेस्टी इन्टरनेसनलले भने टर्की सरकारको आरोप आधारहीन भएको भन्दै आफ्ना प्रमुखमाथिको मुद्दालाई अस्वीकार गर्दै आएको थियो । अदालतले उनलाई जमानतमा रिहा गर्न आदेश दिएको बताइएको छ । उनीसहित अन्य दशलाई पनि यस्तै आरोपमा मुद्दा लगाइएको छ । सन् २०१६ को जुलाई महिनामा भएको असफल ‘कू’ मा सहभागी रहेकालाई देशव्यापी रूपमा धरपकड गर्ने टर्की सरकारको अभियानअन्तर्गत नै उनीहरु पक्राउ परेका थिए ।

आफ्ना प्रमुखलाई रिहा गर्ने अदालतको फैसलालाई एम्नेस्टी इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै स्वागत गरे पनि एक जना एम्नेस्टीका सदस्यसहित अन्य ११ अधिकारवादीमाथि लगाइएको मुद्दा फिर्ता लिन टर्कीलाई निरन्तर दबाब दिइरहने पनि विज्ञप्तिमा जनाइएको छ ।‘अधिकारवादीविरुद्धको आधारहीन यस्ता मुद्दा टर्कीमा आवाजलाई दबाउन गरिएको प्रयासको एउटा ज्वलन्त उदाहरण भएको तर अधिकारवादीहरुले त्यहाँ मानवअधिकारको प्रत्याभूत गराउन गरेको प्रयासको विरुद्ध रहेको प्रमाणित भएको छ,’ एम्नेस्टी इन्टरनेसनलकी युरोप प्रमुख गौरी भान गुलिकले बताइन् । किलिकले अमेरिका आधारित इस्लामिक समूह फेतुल्लाह गुलेनका समर्थकले प्रयोग गर्ने म्यासेजिङ एप्स ‘बाइलक’ प्रयोग गरेको आरोप टर्की सरकारले लगाएको थियो ।

सन् २०१६ मा भएको असफल ‘कू’ का पछाडि इस्लामिक समूह गुलेनको हात रहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाउने गरेका छन् । गुलेनले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आइरहेको छ । असफल ‘कू’ लाई सहयोग गरेको भन्दै टर्की सरकारले ४० हजारभन्दा बढीलाई पक्राउ गरेको छ भने एक लाख २० हजारभन्दा बढीलाई उनीहरुको रोजगारीबाट वर्खास्त गरिएको छ ।  जसमा प्रहरी, सैनिक अधिकारी, शिक्षक र सरकारी कर्मचारी रहेका छन् । एम्नेस्टी इन्टरनेसनले त्यसरी गरिएको कारबाहीका विरुद्धमा आवाज उठाउँदै आएको छ ।  
 

प्रकाशित: १८ माघ २०७४ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App