coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भूपेन्द्रको थापाको शतक


काठमाडौं – ओपनर भूपेन्द्र थापाको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले बुधबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा ओएसिस क्रिकेट एकेडेमीमाथि १ सय ३३ रनको रबाफिलो जित हात पारेको छ।

आर्मीले प्रस्तुत गरेको २ सय ३७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओएसिस १८.२ ओभरमा १ सय ३ रनमा समेटिएको थियो।

ओएसिसका अविनाश सिंहले सर्वाधिक २१ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न  सकेनन् ।
ओएसिसलाई सस्तोमा समेट्ने क्रममा आर्मीका अविनाश बोहोराले ४ तथा लोकेन्द्र चन्दले ३ विकेट लिए।

यसअघि सुरुआती ब्याटिङ गरेको आर्मीका लागि ओपनर भूपेन्द्रले अविजित १ सय ३ र इन्द्रकमल मानन्धरले ८५ रन जोडे।
त्यस्तै बुधबार सम्पन्न पहिलो खेलमा जिएचसिएले नेपाल क्रिकेट स्कुललाई २९ रनले पराजित ग¥यो । जिएचसिएले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन मात्र जोड्न सक्यो।

नेपाल क्रिकेट स्कुलका लागि ओपनर रवि शाहले ३७ र जितेन्द्रसिंह ठकुरीले ३० रन जोडे।

यसअघि सुरुआती ब्याटिङ गरेको जिएचसिएले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रनको योगफल खडा गरेको थियो । जिएचसिएका इसान पाण्डेले अविजित ६७ र ओपनर अरुण ऐरीले ५१ रन जोडे।

 

प्रकाशित: १८ माघ २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App