७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल दुई कांस्यमै सीमित

काठमाडौं – विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पराजित भएपछि नेपाल दुई कांस्य पदकमै सीमित भएको छ । बुधबार भएका सेमिफाइनलमा विमला र पुनम दुवै आयोजक भारतका खेलाडीसँग पराजित भएका थिए।

नयाँ दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगितामा विमला र पुनम पराजित भए पनि नेपालले दुई कांस्य पदक जितेको हो ।  दुवैले सेमिफाइनलमा स्थान बनाएसँगै नेपालको कांस्य पक्का भएको थियो । विमला र पुनमको खेल सकिएसँगै प्रतियोगितामा नेपालको प्रतिस्पर्धासमेत सकिएको छ।

वेन्टम ५४ केजीकी विमला भारतकी मनीषासँग अंकको आधारमा ५–० ले पराजित भइन् । यसअघि विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पक्का गरेकी थिइन् ।  विमलाको यो पहिलो अन्तर्रा्ष्ट्रिय पदक समेत हो।

यस्तै लाइट वेल्टर ६४ केजी तौलमा पुनमले भारतकी बसुमाटरी प्विलाओसँग ५–० अंकको आधारमा पराजित भइन् । पुनमले ताजकिस्तानकी खोलोभा इडिमोखलाई अंकको आधारमा पराजित गर्दै  कांस्य पदक पक्का गरेकी थिइन् । पुनमको पनि यो पहिलो अन्तर्राष्ट्रिय पदक हो।

२३ राष्ट्र सम्मलित प्रतियोगितामा नेपालबाट महिला र पुरुषका समान ६ खेलाडीले सहभागिता जनाएका थिए । पुरुषतर्फ दुई खेलाडीले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा चार खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । महिलातर्फ बाँकी एक खेलाडी क्वार्टरफाइनल र तीन खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए।

 

प्रकाशित: १८ माघ २०७४ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App