८ वैशाख २०८१ शनिबार
खेल

श्रीलंकाविरुद्ध बंगलादेशको दरिलो सुरुआत

चित्तागोङ – मोमिनुल हकको शतकप्रेरित बंगलादेशले बुधबार श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।जाहुर अहमद चौधरी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेश पहिलो दिनको समाप्तिमा ३७४–४ मा खेलिरहेको छ । मोमिनुल अविजित १ सय ७५ र कप्तान मोहम्मदुल्ला रियाद अविजित ९ रनमा खेलिरहेका छन्।

मोमिनुलले तेस्रो विकेटका लागि पूर्वकप्तान मुस्फिकर रहिमसँग २ सय ३६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजक योगफलतर्फ डो¥याएका थिए । मुस्फिकरले ९२ रन जोडे ।२ सय ३ बल सामना गरेका मोमिनुलले १६ चौका र २ छक्का प्रहार गर्दा १ सय ९२ बल खेलेका मुस्फिकरले १० चौका प्रहार गरे।

२६ वर्षे मोमिनुलले प्रहार गरेको यो पाँचाै टेस्ट शतक हो । मोमिनुलले स्पिनर लक्षण सन्दकनलाई लगातार दुई बलमा चौका प्रहार गर्दै ९६ बलमा शतक पूरा गरेका थिए । पछिल्लो तीन वर्षमा भने उनको यो पहिलो शतक हो । साथै उनी टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २ हजार रन पूरा गर्ने पहिलो बंगलादेशी खेलाडीसमेत बनेका छन् । उनले ४७ इनिङमा २ हजार रन पूरा गर्दै तमिम इकबालको नाममा भएको कीर्तिमान तोडेका हुन् । इकबालले ५३ इनिङमा २ हजार रन पूरा गरेका थिए।

अन्तिम सेसनमा लकमलले लगातर दुई बलमा दुई विकेट लिएका  थिए । मुस्फिकरलाई विकेटकिपर निरोसान डिकबेलाबाट क्याच गराएका सुरंगाले लिटन दासलाई खाता नखोल्दै पबेलियनको बाटो देखाएका थिए ।यसअघि ओपनर तमिम इकबाल र इमारुल कायसले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै बंगलादेशललाई बलियो सुरुआत दिलाए पनि बिहानी सत्रमा दुवै जना पबेलियन फर्किएपछि मोमिनुलले बंगलादेशी ब्याटिङको मोर्चा सम्हालेका थिए।

५३ बल खेलेका इकबालले दिलरुवान परेराको बलमा बोल्ड हुुनुअघि ६ चौका र १ छक्काको मद्दतमा ५२ रन प्रहार गरे । त्यस्तै ७५ बल सामना गरेका कायसले लक्षण सन्दकनको बलमा एलबिडब्लुको सिकार हुनुअघि ४ चौकाको मद्दतमा ४० रनको योगदान दिए।
 

प्रकाशित: १८ माघ २०७४ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App