coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सुस्ताउँदो सामुदायिक अभियान

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तवमै विकास र समृद्धिको दिशामा लैजाने हो भने गाउँको विकास र समृद्धि हुनुपर्छ । यसका लागि राष्ट्रिय रूपमै समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्छ । समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक विकास अभियान सुरु गर्नुपर्छ।
राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औँ योजनामा गाउँको विकासका लागि केही उल्लेख गरिएको छ। यद्यपि यो पर्याप्त छैन । फेरि पनि ग्रामीण क्षेत्रको विकास गर्ने योजनाले त्यो दिशामा केही मद्दत पु¥याउनेछ । तैपनि, गाउँ केन्द्रित विकासलाई उपेक्षा गरिएको छ । बजेट विनियोजन गर्दा पनि त्यसबारे खासै ध्यान दिएको पाइँदैन । यद्यपि जनस्तरबाट त्यो दिशातिर प्रयत्न भइरहको छ । गाउँहरूमा सामूहिक तरकारी खेती, सामूहिक पशुपालन उल्लेखनीय छन् । गाउँमा आवश्यक पूर्वाधारहरूको खोजी गर्नुपर्छ । कतिपय गाउँमा खनिज पदार्थका खानीहरू हुन सक्छन् । तिनीहरूको अध्ययन अनुसन्धान वा उत्खनन कार्यलाई जोड दिनुपर्छ।

गाउँको विकास र समृद्धिका लागि वास्तविक विकासको मोडेल सामुदायिक विकास परियोजना नै हो । यसलाई गाउँको विकास र समृद्धिका लागि नयाँ सामुदायिक अभियानका नामले सरकारको नीति तथा कार्यक्रममा समावेश गराई प्रत्येक गाउँ स्तरमा लैजान प्रयास गर्नुपर्छ । यस पंक्तिकारले त्यस्तो केही प्रयास गर्दै आएको छ।

विकाससम्बन्धी रणनीतिका आधार नेपालका ७ वटै प्रदेशलाई समान र सन्तुलित रूपमा विकसित गर्ने योजनासाथ यस अभियानलाई अगाडि बढाउनुपर्छ । हिमाली क्षेत्रका गाउँहरूमा पर्यटन, जडिबुटी, फलफूल उत्पादन र पशुपालनको उद्योग व्यवसाय सञ्चालन गर्न सकिने प्रचुर सम्भावना छ । पहाडमा कृषि तथा पशुपक्षी पालन, पर्यटन, हस्तकला, जडिबुटीलगायत प्रविधिमा आधारित अन्य व्यवसाय पनि सञ्चालन गर्न सकिन्छ । तराईमा कृषिमा आधारित, प्रविधिमा आधारित, वनमा आधारित, पर्यटनमा आधारित र पशुपक्षीमा आधारित उद्योग सञ्चालनमा ल्याउन सकिन्छ । गाउँको विकास र समृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयन ल्याउँदा भ्रष्टचार हुनै नदिने नीति अभियानसँगै कार्यान्वयनमा ल्याउनुपर्छ।

संसारका विकसित देशहरूको तुलनामा नेपालका लागि गाउँ केन्द्रित सामुदायिक विकास परियोजनाहरू अपेक्षाकृत नयाँ विषय हो । तर सरकारले यसप्रकारको सामुदायिक विकासलाई कम महत्व दिँदै आएको छ । अझै गाउँमा यस्ता योजना कार्यान्वयनका लागि कमै महत्व दिँदै आएको छ । त्यो अवस्थामा सर्वप्रथम उच्च राजनीतिक र प्रशासकीय स्तरदेखि जनस्तरसम्म सामान्यतः गाउँको विकास र समृद्धिका लागि विशेषतः नयाँ सामुदायिक अभियान विकास परियोजनाका रूपमा कार्यान्वयनमा ल्याउन योजनाबद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ।

सामुदायिक विकासका योजनाबाट जनस्तरलाई बढीभन्दा बढी लाभ पुगोस् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्छ। सामान्यतः गाउँको विकास र समृद्धिका लागि नयाँ सामुदायिक अभियानबारे विचार गर्दा यस अभियानलाई परियोजनाका रूपमा गाउँमै सामुदायिक तवरले ५० प्रतिशत ऋण, ३० प्रतिशत सरकारी अनुदान र २० प्रतिशत समुदायको लगानीमा उद्योग वा व्यवसाय सञ्चालनमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । यसका लागि खास गरेर आधुनिकीकरण र सामुदायिकतामा जोड दिनु आवश्यक छ । त्यसरी आर्थिक आधार बलियो भएपछि नै गाउँको विकासले ठोस रूप लिन सक्नेछ। र त्यसवाट देश विकासलाई पनि ठूलो टेवा पुग्नेछ । त्यसरी गाउँको विकास र समृद्धिका लागि सरकारी स्तरमा यस योजनाहरू लागु गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यहरू अगाडि बढाउन प्रोत्साहन गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्छ।

प्रकाशित: १८ माघ २०७४ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App