coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सुनिए सुदेश र संगीता

काठमाडौं –छायाँछवि क्रियशनको आयोजनामा ‘छायाँछवि काव्य श्रृंखला’को चौंथो संस्करण राजधानीमा गत मंगलबार सम्पन्न भएको छ । साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा भएको कार्यक्रम श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक वाचनबाट शुरु भएको थियो ।

क्रियशनका अध्यक्ष शान्तिप्रियले साहित्य, संगीत र चलचित्रको त्रिवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप कविता श्रृंखला आयोजना गरिदै आएको बताए ।

श्रृंखलामा यसपटक युवा कवि तथा साहित्यकार सुदेश सत्याल र गजलकार तथा साहित्यकार संगीता थापाले आफ्ना विभिन्न रचनाहरु सुनाएका थिए । कार्यक्रमका अतिथि लेकालीले कविता श्रृंखला आफूलाई मनपरेको बताए । कार्यक्रमका श्रष्टाद्वय सत्याल र थापाले आफूलाई चौंथो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।
 

प्रकाशित: १८ माघ २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App