६ वैशाख २०८१ बिहीबार
कला

खोटाङ आइडलमा १७ प्रतियोगी

खोटाङ आइडलमा गीत गाउँदै एक सहभागी । तस्बिर : दमन राई

खोटाङ – सर्वाधिक राशिको खोटाङ आइडलको पाँचौं अडिसनका लागि १७ प्रतियोगी छानिएका छन् । तेश्रो अडिसन पार गरेका गायनका २९ प्रतियोगीमध्ये दिक्तेलको समीक्षालय हलमा मंगलबार साँझ सम्पन्न चौथो अडिसनबाट १२ प्रतियोगी बाहिरिएका छन् ।

लुकेर रहेका प्रतिभाको पहिचान एवं सम्बद्र्धन गर्न खोटाङ आइडलको पाँचौं अडिसन आगामी माघ २७ गते दिक्तेलमै सञ्चालन गरिने आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले जनाएको छ।

पाँचौं अडिसनका लागि अमिता राई, कञ्चन राई, केदार अनुरागी, पर्शुराम गजमेर, राजन गिरी, रोहित चाम्लिङ, रोशन लिङदेन, रुपेश राई, सिर्जना राई, सुजता परियार, सुमन राई, तेज राइ, उमेश राई, युवराज राई, ईशारा चेली राई, दिपा राई र संगम राई छानिएकोसमितिका संयोजक जीवनकुमार राईले बताए ।

चौथो अडिसनसँगै भोटिङ राउन्डमा पुगेको प्रतियोगितामा प्रथम हुनेलाई ५४ हजार ५ सय ७४ सँगै ६ महिना संगीत विद्यालयमा अध्ययनको अवसर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । दोश्रोले २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेश्रोले १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । आइडलमा ‘बेस्ट भोकल’को अवार्ड पाउने प्रतियोगीले २ हजार ५ सय ७४ का साथमा प्रमाणपत्र पाउनेछन्  । बेलायत, मलेसिया र कतारमा रहेका आफन्तबाट प्राप्त हुने नगदबाट विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नारासहित मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट सुरु गरिएको पहिलो अडिसन पुस १८ गते दिक्तेलमा आएर टुंगिएको थियो । जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका ११ स्थानमा सञ्चालन गरिएको खोटाङ आइडलको पहिलो अडिसनबाट १ सय ६७ प्रतियोगी छानिएका थिए ।

 

 

प्रकाशित: १८ माघ २०७४ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App