‘आचार संहिता खारेज गर’

बिहिबार, १८ माघ २०७४, ०८ : ५८ नागरिक

कठमाडौं – चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्षअघि लागू गरेको आचार संहिता खारेजीको माग गरेको छ ।

संघले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई संघको तर्फबाट ज्ञापन पत्र बुझाउँदै आचार संहिता खारेजीको माग गरेको हो । बोर्डले दुई वर्षअघि फिल्म निर्माणलाई नियन्त्रण गर्ने भन्दै निर्माण तथा निर्देशनमा मापदण्डहरू लागू गरेको थियो । सो मापदण्डमा फिल्म निर्देशन गर्न चाहानेले मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनु पर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान थियो ।

त्यसैगरी, निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था थियो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मामदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए ।

संघले बुधबार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका चलचित्रलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन् । संघले बोर्डलाई विदेशी नियोगहरूमा नेपाली फिल्म फेस्टिभल गरी नेपाली फिल्मको प्रवद्र्धन गर्न पनि आग्रह गरेको थियो ।

संघले बोर्डलाई प्रस्तावित मितिमा हरहालतमा पनि बक्स अफिस लागू गर्न आग्रह गरेको छ । बोर्डले केही दिनअघि मात्र ५ सदस्यीय बक्स अफिस कार्यान्वयन समिति निर्माण गरी आउदो २०७५ बैशाख १ गतेबाट उपत्यका भित्र परिक्षण गरी २०७५ श्रवण १ गतेबाट संचालनमा ल्याइने तथा मोफसलमा २०७५ माघ १ गते सम्ममा संचालनमा ल्याइने प्रतिबद्धता जनाएको थियो । त्यसैगरी, सेन्सरका सम्बन्धमा पनि निर्माता र सेन्सर बोर्डबीच थुप्रै असमझारी रहेकाले ती असमझदारी हटाउन बोर्डलाई मध्यस्ता गर्न आग्रह गरेको छ । जवाफमा अध्यक्ष निकिता पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...