बुटबल पावरको सेयरमा लगानीकर्ता डुबाउने खेल

बिहिबार, १८ माघ २०७४, ०८ : ३२ विष्णु बेल्वासे

काठमाडौं – नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई  साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गर्न अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदछ, दोस्रो बजारमा पनि लगानीकर्ता डुबाउने खेल सुरु भएको छ । दोस्रो बजारमा केही सीमित व्यक्तिले चलखेल गरी बुटबल पावरको सेयर मूल्य घट्न नदिने अभियानमा लागेका छन् ।

बुधबार दोस्रो बजारमा बुटवल पावरको अधिक सेयर कारोबार भएको छ । यसले पनि चलखेल भएको पुष्टि हुन्छ । उक्त दिन यस कम्पनीको दुई करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही व्यक्तिहरु बिपिसीको सेयर घट्न नदिने कार्यमा लागेको एक सेयर दलाल व्यवसायीको भनाइ छ ।

तर, एफपिओ जारीपछि सेयर बिपिसीको सेयर प्रतिसेयर मूल्य पाँच सयभन्दा तल आउने निश्चित जस्तै भएको नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्सालले नागरिकलाई बताए । ‘अहिले पाँच सय एक रुपैयाँमा सेयर खरिद गरेर फाइदा छैन,’ उनले भने ।

‘बजारमा चलखेल गर्ने सक्रिय भएर बिपिसीको सेयर मूल्य घट्न नदिने कार्यमा लागेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘मूल्य घट्यो भने एपपिओ बिक्री नहुने भएपछि यस्तो चलखेलमा लागेका हुन् ।’ बुधबार बिपिसीको अन्तिम कारोबार प्रतिकित्ता ६ सय १७ रुपैयाँमा भएको छ ।लागनीकर्ता फसाउने भयंकर चलखेल भइरहेको लगानीकर्ताको भनाइ छ । उक्त कम्पनीको सेयर खरिद गर्नेहरु धेरै भएको भ्रम पैदा गरेर महँगो मूल्यमा कम्पनीको सेयर बेच्ने काम भएको छ । बिपिसीले पाँच सय एक रुपैयाँमा एफपिओ ल्याएको हो ।

एफपिओ बिक्री सुरु भएसँगै देखिएको बिक्री चापले मूल्य घट्ने देखिएपछि त्यसलाई रोक्ने काम भएको छ । यस्तो अवस्थामा साधारण लगानीकर्ता सचेत हुनैपर्ने एक लगानीकर्ताले बताए । सेयर मूल्य तल झरिसकेको अवस्थामा यसरी अधिक खरिद चाप देखाएर लगानीकर्तालाई झुक्याउन खोजिएको उनको भनाइ छ ।

इन्भेस्टर्स फोरमले यसअघि नै धितोपत्र बोर्डले बिपिसीलाई आइपिओ जारी नगरी एफपिओको अनुमति दिएको भन्दै सर्वसाधारण लगानीकर्तालाई डुबाउने सुरु भएको आशंका व्यक्त गर्दै ध्यानाकर्षण गराएको थियो । सीमित व्यक्तिलाई पृष्ठपोषण गरिने कार्यको थालनी भएको आशंका गर्दै नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई ध्यानकर्षण गराएको लम्सालको भनाइ छ ।

बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।
बिपिसीले एक सय रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम जोडेर पाँच सय एक रुपैयाँमा एफपिओ ल्याएको हो । उसले ४० लाख ८१ हजार कित्ता एफपिओ सार्वजनिक गरेको छ । आगामी शुक्रबारसम्म सेयर खरिद गर्न आवेदन दिनेले उक्त कम्पनीको सेयर पाउने छन् ।

धितोपत्र बोर्डमा सूचीकृत भए पनि उक्त कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दालाई प्राथमिक सेयर निष्कासन गरेको छैन । बिपीसीले सरकारी स्वामित्वमा रहेको १२ प्रतिशत सेयरमध्ये प्रिमियम (एक सय ५१ रुपैयाँभन्दा बढी) मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी (आइपिओ) गरेको भन्दै आएको छ । तर, त्यसलाई आइपिओ जारी गरेको भन्न नमिल्ने तर्क विज्ञहरुले गरेका छन् ।

सुरुमा सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको कम्पनीको सेयर बिपिसीलाई बिक्री गरिएको थियो । अहिले पनि यो कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआइडिसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत् प्राधिकरणको १३ प्रतिशत सेयर छ । यसैगरी, बिपिसीकै स्वामित्व (सांग्रिला इनर्जी लिमिटेड, टिएनके नेपाल र स्वतन्त्र) को ७५ प्रतिशत सेयर र सरकारले सर्वसाधारणलाई प्रिमियममा र कर्मचारीलाई बिक्री गरेको १२ प्रतिशत सेयर छ ।

सरकारबाट सेयर मात्र किनेकाले पनि आफूले आइपिओ जारी गर्नु नपर्ने र सरकारले नै आइपिओ जारी गरेको जिकिर बिपिसीले गरेको छ ।कम्पनीको स्थापना २०२२ पुस १४ गते प्राइभेट लिमिटेडका रुपमा भएको थियो । यसलाई २०४९ सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो । २०५९ सालमा निजीकरण गरी निजी, सरकारी, कर्मचारी तथा सर्वसाधारणलाई सहभागी गराई कम्पनी अगाडि बढाइएको थियो ।  

बिपिसीले गत चैत १३ गते एफपिओ निष्कासन गर्न स्वीकृति माग्दै बोर्डमा निवेदन दिएको थियो  ।
एफपिओ निष्कासन गर्नुअघि आइपिओ निष्कासन गरेको छ वा छैन भन्ने विषय नहेरिएको बोर्डका एक उच्च अधिकारीले बताए । ‘सूचीकृत कम्पनी भएकाले सर्वसाधारणलाई सेयर निष्कासन गरेको होला भन्ने अनुमानका आधारमा बिपिसीलाई स्वीकृति दिइएको हो,’ ती अधिकारीले भने, ‘आइपिओ निष्कासन गरे, नगरेको हेरिएन ।’ बोर्डले यसरी अनुमति दिनुमा ‘केही कैफियत’ भएको आशंका गरिएको छ ।

कानुनी रुपमा बिपिसीले सर्वसाधारणलाई १५ प्रतिशत र आयोजना प्रभावित स्थानीयलाई कम्तीमा १० प्रतिशत सेयर दिएपछि मात्र एफपिओ निष्कासन गर्न पाउँछ, अन्यथा पाउँदैन । आयोजना प्रभावित स्थानीयले आइपिओ जारी गर्न बारम्बार माग गरे पनि बिपिसी स्थानीयलाई सेयर दिन तयार छैन ।
बिपिसीले १२ मेगावाटको झिमरुक विद्युत् केन्द्र तथा ९.४ मेगावाटको आँधीखोला विद्युत् केन्द्रसञ्चालन गरिरहेको छ । आफ्नै वितरण प्रणालीमार्फत स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लामा ५० हजारभन्दा बढी ग्रामीण घरधुरीलाई विद्युत् वितरण गर्दै आएको छ ।

आयोजना प्रभावित बासिन्दाले भने सेयर पाउनुपर्ने माग गर्दै आएका छन् । जलविद्युत आयोजना प्रभावितलाई कम्तीमा १० प्रतिशत सेयर अनिवार्य रुपमा वितरण गर्नुपर्ने र सर्वसाधारणलाई १५ प्रतिशत सेयर वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, बिपिसीले उक्त सेयर वितरण नगरी एफपिओ जारी गर्न लागेको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् । एक महिना अघि स्थानिय बासिन्दाका प्रतिनिधि बिपिसीको केन्द्रीय कार्यालय बुद्धनगरमा आएको र उनीहरुले स्थानियलाई सेयर उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । बिपिसीले आइपिओ जारी नगरी एफपिओ ल्याउन लागेकोमा सर्वत्र विरोध हुँदै आएको छ ।

 

 







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।