coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

छत्रगन्जमा नेपाल बंगलादेश बैंक

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले अर्घाखाँची जिल्लाको छत्रगन्जमा शाखा विस्तार गरेको छ । बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठ र छत्रगन्ज गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको उपस्थितिमा उक्त शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकले सोमबारदेखि कारोबार समेत सुरु गरेको जारी विज्ञप्तिमा उल्लेख छ । छत्रगन्जसहित बैंकले ५५ शाखा, पाँच एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।आव ०७३÷७४ मा बैंकको कुल निक्षेप ४३.७१ अर्ब, कुल कर्जा ३७.४६ अर्ब र खुद नाफा १.२० अर्ब रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १८ माघ २०७४ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App