८ वैशाख २०८१ शनिबार
अर्थ

कामोन आई ब्रान्डका मोबाइल

काठमाडौं – ट्रान्ससन् नेपालले हालसालै कामोन आइ ब्रान्डका नयाँ मोबाइल सेट बजारमा ल्याएको छ । कम्पनीले करिब ४ महिनाअघि आइटेल, टेक्नो र अटोइमा मोबाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्रान्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको जनाएको कम्पनीले कामोन आईले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने बताएको छ ।

कामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एलइडी. लेन्स् फ्ल्यास एवं पाँच पी लेन्स् लगायत विशेषता रहेको कम्पनीको भनाइ छ । यो फोनमा भएको फुल भ्यू डिस्प्ले सुविधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य काम गर्न सरल र सहज हुने कम्पनीको भनाइ छ ।तीन जिबी आरएएम, ३२ जिबी आरओएम एवं १३ जिएचजेड. क्वाड कोर प्रोसेसर भएको यो फोनको बजार मूल्य १८ हजार पाँच सय तोकिएको कम्पनीको भनाइ छ ।

प्रकाशित: १८ माघ २०७४ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App