७ वैशाख २०८१ शुक्रबार
अर्थ

बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी

काठमाडौं – ‘समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्र्माण’ नारासाथ सुरु भएको तीनदिने नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा प्रदर्शनी भएको थियो ।

प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन र पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ६ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको बृज सिमेन्टले जनाएको छ ।
प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले बृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।

प्रकाशित: १८ माघ २०७४ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App