६ वैशाख २०८१ बिहीबार
खेल

नेदरल्याण्डद्वारा नेपाल ७ विकेटले पराजित

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग  ७ विकेटले पराजित भएको छ।

नेपालले दिएको ९५ रनको लक्ष्य नेदरल्याण्डले मात्र १६.५ ओभरमा ३ विकेटको क्षतीमा पूरा ग-यो। उसका लागि स्टेफिन माइबर्गले अविजित ३३ तथा वेस्ली बारिसीले ३७ रनको योगदान दिएका थिए। नेपालका वसन्त रेग्मी, सागर पुन र सागर केसीले समान एक एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको नेपाल ३८.१ ओभरमा ९४ रनमा अलआउट भएको थियो।  नेपालका कुनै पनि ब्याछट्म्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन्। नेपालका लागि ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिए। यसअघि कप्तान पारस खड्का गोल्डेन डकआउट भएका थिए।

नेपाललाई सस्तोमा समेट्ने क्रममा नेदरल्याण्डका टि भान्डर गुटेन र रिपोनले समान ३÷३ विकेट लिदाँ मर्विनले २ विकेट लिएका थिए। त्यस्तै मार्खरिन र बुकारीले समान एक एक विकेट लिएका थिए।

 

प्रकाशित: २९ श्रावण २०७३ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App