coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यसरी बन्दैछन् नयाँ सहर

नयाँ सहर आयोजनाले निर्माण गरिरहरको फिदिमको बसर्पाक । तस्बिर : नागरिक

पाँचथर – मध्य पहाडी लोकमार्गले छोएका दश शहरलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी योजना अनुरुप फिदिममा साना तीन कार्यक्रम अघि सारिएको छ। नयाँ शहर आयोजनाको एकीकृत विकास योजना पास भएर आएपछि यसलाई आधारित बनाएर विकासका कार्यक्रम अगाडी बढाउन सजिलो भएको छ।

विस २०९० भित्रमा १ लाख जनता आट्ने सुविधासम्पन्न सहर बनाउने योजना सारिएपनि सुरुवाती बर्षका कामहरु साना तीन किसिमका छन्। फिदिममा सडक, बसपार्क, पार्कहरुका काम अघि बढाइएका छन्। चालु आर्थिक बर्षमा पूर्वाधार विकासका लागि ११ करोड ६० लाख बजेट रहेको निमित्त आयोजना प्रमुख दिनेश पोटेले जानकारी दिए। उनका अनुसार २० वटा कार्यक्रहरु सञ्चालनमा छन्। यी मध्ये १७ बटा बहुबर्षे कार्यक्रम रहेको उनले जानकारी दिए। सडकको काम बढी प्राथमिकतामा छन्। जोरसाल बसपार्क सडकको कालोपत्रे हुने काम अघि बढेको छ। यसबाहेक ५ बटा पुराना र ४ वटा सडक स्तरोन्नतीका कार्यक्रम अघि सारिएको आयोजना कार्यालयले जानकारी दिएको छ। पल्लोटर बसपार्कको काम यही आर्थिक बर्षमा सकिने पोटेले जानकारी दिए। नयाँ शहरको कार्यक्रम अन्तर्गत गणेशमान सिंह स्मृति पार्कको काम भइरहेको छ। रमितेमा भ्यु टावर बनाउका लागि ५ करोड छुट्याइएको छ। पर्यटकीय तथा धार्मिक स्थलको विकास, ल्याण्ड फिल्ड साईट लगायतका कार्यक्रम रहेको उनले जानकारी दिए।

मध्यपहाडी लोकमार्गले छोएका पूर्वदेखि पश्चिमसम्मका दश स्थानमा सुविधा सम्पन्न नयाँ सहर बसाउने सरकारी योजना सार्वजनिक भएपछि फिदिममा महंगी दिनानुदिन बढ्दै गएपनि शहरका ठुला काम अघि बढ्न सकेको छैन। पहाडको बसाई सराई कम गर्ने सरकारी योजना छ।  भौतिक, सामाजिक, तथा आर्थिक पूर्वाधरको निर्माण तथा विकास गरि विस वर्षमा आधुनिक नयाँ सरह बनाउने लक्ष राखिएको थियो।

नयाँ सहरमा खुल्ला पार्क, खेलमैदान, ल्याण्डफिल्ड साईड, ढल प्रशोधन केन्द्र, स्टेडियम, आवास क्षेत्र र कार्यालयहरु व्यवस्थित किसिमको स्थानहरु तोकी १ लाख जनता सहजताका साथ बस्न मिल्ने सुविधा हुनेछ। मध्यपहाडी लोकमार्गको आसपामा रहेको ५८ बस्तिमध्ये जमिनको उपलब्धता, खानेपानी, आर्थिक विकासको सम्भाव्यता, वस्तीको अवस्थिती, विद्युत, जनसंख्या, वसाई सराईको लगायतको आधारमा दश स्थान नयाँ सहर बनाउने गरी छनौटमा परेका थिए। हरेक विकास क्षेत्रमा दुई ठाँउमा नयाँ सहर बनाउने योजना छ।

प्रकाशित: १७ माघ २०७४ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App