८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने

रसुवा – रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने भएको छ। जिल्लामा प्रयोग हुँदै गरेका प्लाष्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो।

दैनिक जीवनमा प्रयोग बढ्दै गएको प्लाष्टिकबाट डिजेल उत्पादन गर्नका लागि गोसाइँकुण्ड गाउँपालिकाले प्रक्रिया अगाडी बढाएको छ। डिजेल उत्पादन गर्नका लागि प्लान्ट स्थापना गर्न प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

तामाङका अनुसार प्लान्ट स्थापनाका लागि करिब ६५ लाख खर्च हुनेछ। जिल्लालाई प्लाष्टिक मुक्त जिल्ला बनाउनका लागि यसले सहयोग पुग्ने उनले बताए। उनले भने, ‘स्थानीय तहलाई आम्दानीको स्रोत जुटाउन सहयोग पुग्छ र जिल्ला प्लाष्टिक मुक्त भएर सफा पनि हुन्छ।’

एउटा मात्र प्लान्टबाट उत्पादन भएको डिजेल सवारी साधनमा भने प्रयोग गर्न नमिल्ने अध्यक्ष तामाङको भनाई थियो। ‘सिधै गाडीमा प्रयोगका लागि दुई वटा प्लान्ट स्थापना गर्न पर्छ तामाङले भने, सामान्य प्लान्ट बनाउनका लागि १५ लाख लाग्छ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले जिल्लाको स्याफ्रुमा डिजेल उत्पादनको परिक्षण गरेर देखाएको छ। मंगलबार टोलीले एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरेर देखाएको हो। अध्यक्ष तामाङका अनुसार नाष्टले प्रदर्शनमा प्रयोग गरेको प्लान्टमा एक पटकमा एक लिटर डिजेल उत्पादन गर्न क्षमताको थियो।

एक किलो प्लाष्टिकबाट एक लिटर डिजेल उत्पादन हुन्छ। यसका लागि करिब दुई घण्टा लाग्छ। गाउँपालिकाले स्थापना गर्न लागिएको प्लान्टमा भने एक पटकमा १० लिटर उत्पादन गर्न सकिने बताइएको छ।

प्रकाशित: १७ माघ २०७४ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App