coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो खोरुंगा जलविद्युतको काम सुरु

तेह्रथुम – तेह्रथुम पावर कम्पनीले निर्माण गर्ने साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनको काम सुरु भएको छ। आयोजना स्थलमा ईन्टेक, पाईपलाईन एक्जाबेसन, पानी ट्यांकी सोलिङ, कनेक्टिीङ प्यानल र पावर हाउसका लागि भवन निर्माणसंगै आयोजनाको काम सुरु भएको हो।

१ अरब ३७ करोड लगानी निर्माण हुने आयोजना धौलागिरी र खड्काकृष्ण जेबी कन्सट्रक्शनले जिम्मा लिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिले आयोजना क्षेत्रमा क्याम्पनै राखेर मजदुरहरु काम गरि रहेका छन्। जिल्लाबासीको लगानी बन्ने उक्त आयोजनाको काम सुरु भएसंगै स्थानीयले समेत रोजगारी पाएका छन्।

आयोजना निर्माणका लागि  माछापुछ्रे बैक, एनबि बैक र जनता बैकले १ अर्ब  लगानी गर्ने भएपछि काम सुरु भएको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए। आयोजनाका  लागि चाहिने अन्य ३७ करोडमा स्थानीयले १० प्रतिशत, सर्वसाधारणले २० प्रतिशत र प्रमोटरले ७० प्रतिशत लगानी गर्ने भएको आयोजनाका अध्यक्ष  श्रेष्ठले बताए।

यसअघि प्रवर्द्धक र विद्युत् प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) समेत भईसकेको आयोजनाका प्रबन्ध निर्देशक मोहन डाँगीले बताए। उनका अनुसार  आयोजनाको काम सुरु भएकोले अबको ३३ महिना २०७६ पुष १ मा सम्पन्न हुने समेत जानकारी दिए। सम्झौता अनुसार प्राधिकरणले उक्त कम्पनीको बिजुली हिउँदयाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० मा खरीद गर्नेछ। कम्पनीले पीपीएका लागि प्राधिकरणमा २०६७ जेठ ३१ गते निवेदन दिएको थियो।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै दुई वर्षअघि खोरुंगाको लाइसेन्स खारेज गरे पछि केहि बर्ष आयोजनाको काम रोकिएको थियो। पटकपटकको प्रयासपछि मन्त्रिपरिषद्मा दुईपटक प्रस्ताव लगेर ब्युताइएको आयोजनाको काम सुरु भएपछि लगानीकर्ता र स्थानीयबासी समेत खुसी भएका छन्।

जिल्लाकै पानीको स्रोत भएको खोरुङवाखोलाबाट बिजुली निस्कने भएपछि स्थानीयबासी खुसी भएका छन्।

प्रकाशित: १७ माघ २०७४ १५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App