coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रामेछाप सिभिल च्याम्पीयनसीप भलिबल सुरु

रामेछाप – स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रामेछाप सिभिल च्याम्पीयनसीप (तेश्रो पुरुष भलिबल प्रतियोगिता) बुधबारबाट सदरमुकाम मन्थलीमा सुरु भएको छ।  

रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु भएको च्याम्पीयनसीपमा ५ विकास क्षेत्रका ५ टीम  र जिल्ला भित्रका अन्य ५ टिम गरी  १० टीमको सहभागिता रहेको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गरेका थिए।

बुधबार पुर्वान्चल र मध्यमान्चल विकास क्षेत्र विच भएको उद्घाटन खेलको पाँच सेट मध्ये ३ सेट  पुर्वान्चलले जितेर विजय हासील गरेको छ। पुर्वान्चलले २६—२४,२५—१९ र १५—१३ को ३ सेट जितेको हो। मध्यमान्चलले २५—२३ र २५—१९ गरी २ सेट मात्र जितेको छ। बुधबार नै जिल्लाको मन्थली युनाइटेड समाज र जिल्ला लोकतान्त्रिक खेलकुद संघ विच दाश्रो खेल भए पनि समय अभावका कारण पुरा हनु नसकेको र विहिवार पहिलो चरणमा सो खेल गराउने भएको छ। खेलमा लिग कम नकआउटका आधारमा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ।

राष्ट्रलाई सिभिल मध्यबाट भलिबलको नयाँ च्यम्पीयन टिम प्रदान गर्ने,भलिबल खेलको व्यवसायीकताको साथै खेल कौशलतामा परिष्कृत गर्ने र रामेछापलाई खेल पर्यटन उद्योगको एउटा गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यका साथ सुरु गरिएको प्रतियोगिता माघ २० गते सम्म संचालन हने आयोजकले बताएको छ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हने टिमले शिल्ड, मेडल, प्रमाण पत्र र नगद क्रमशः रु.१ लाख ५० हजार, रु.१ लाख, रु. ५० हजार र रु.३५ हजार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्रसहित नगद रु.१ लाख प्राप्त गर्नेछन्।  प्रतियोगितामा कुल २३ लाख ६४ हजार खर्च हुने अनुमान गरिएको छ भने स्थानीय तहका सरकार, उद्योग व्यवसायी, तथा खेलप्रेमीबाट आर्थिक श्रोत जुट्ने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोतम कडरियाले बताए।

प्रकाशित: १७ माघ २०७४ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App