७ वैशाख २०८१ शुक्रबार
अर्थ

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने

काठमाडौं- नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरुलाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तब्यका रुपमा विकास र प्रबर्द्धन गर्न विश्व बैंकले आफ्नो नयाँ दिल्लीस्थित कार्यालयमा मंगलबार यस क्षेत्रका सरोकारवालाहरुको बैठक आयोजना गर्यो।

नेपाल र भारतका बौद्ध सम्पदाहरु जोडी सीमापार बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबर्द्धन गर्दै आएका बिक्रम पाँडेकाजीले बैठकमा नेपालको प्रतिनिधित्व गरेका थिए|  पांडेकाजीले बुद्धिष्ट सर्किट्स पर्यटन मार्गमा उपलब्ध सुविधाहरुका साथै अफ्ठ्याराहरु बारे सहभागी सबैलाई अवगत गराएका थिए| विश्व बैंकलाई सरकार र बुद्धिष्ट सर्किट्समा आबद्ध ब्यबसायीबीच एउटा सेतुको रुपमा काम गरि त्याहाँ रहेका अफ्ठ्याराहरु सल्टाई भगवान बुद्धको जीबनसंग सम्वन्धित ऐतिहासिक धरोहरहरुमा पर्यटकहरुको आवागमन सहज बनाउन आबश्यक भूमिका खेलिदिन पांडेकाजीले आग्रह गरे|

भारतका सरोकारवालाहरुले आफ्नो देशका बौद्ध सम्पदाहरुमा पर्यटकिय गतिबिधि संचालन गर्दा आइपरेका अफ्ठ्याराहरु बारे बैठकलाइ जानकारी दिए| बुद्धिष्ट सर्किट्स पर्यटन गतिबिधि प्रति भारत सरकारको रवैया त्यति सन्तोषजनक नभएको भन्दै उनिहरुले यस क्षेत्रमा पर्यटनको दिगो विकास गर्न भारत सरकारको रबैया परिबर्तन हुनुपर्ने बताए|

भारतको बिहार स्थीत नालन्दा विश्वबिद्यालयका प्राध्यापक डा रबिन्द्र पन्थले बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबर्द्धन र विकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको बताए|

बैठकका सहभागीहरुलाई आश्वस्त पार्दै विश्व बैंक दक्षिण एसियाको लागि संस्कृतिक सम्पदा तथा सहभागितामुलक पर्यटन विकासको बरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले विश्व बैंकले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजि क्षेत्र र सरकारी संयन्त्रबीच सहजकर्ताको भूमिका खेल्ने बताईन्|

लुम्बिनी विकास कोषका सद्भावना राजदुत समेत पांडेकाजीले बुद्धिष्ट सर्किट्समा क्रियाशील नीजि क्षेत्र र सरकारी संयन्त्र लाइ एकै ठाउँमा ल्याई बुद्धिष्ट सर्किट्स गन्तव्यहरुमा रहेका मानिसहरुलाई आर्थिक फाइदा हुने कार्यक्रम संचालन गर्ने अर्थपूर्ण र आध्यात्मिक प्रयासका लागि विश्व बैंकलाइ धन्यवाद दिए|

 

 

प्रकाशित: १७ माघ २०७४ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App