उदयपुरका ३ पसलमा चोरी

बुधबार, १७ माघ २०७४, १९ : ३१ महेश्वर चामलिङ राई

उदयपुर – जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ।

पसल सञ्चालक घिमिरेका अनुसार पसलमा बिक्रीको पैसा र नेत्रज्योति संघको एम्बुलेन्स सञ्चालनबाट संकलित रकम राखेर घर गएका घिमिरेले विहान पसल खोल्न आउँदा सटरको ताला फुटाएर चोरी भएको थाहा पाएका थिए। अधिकारकर्मी महेश्वरी राईको घरको भुईतलाको सटरमा रहेको घिमिरेको पसलकै अर्को सटरमा सगरमाथा फोटो स्टुडियोको तला पनि फुटाउन खोजेकोमा त्यो भने फुटाउन नसकेर चोरी हुनबाट बँचेको पसलधनी भोजन श्रेष्ठले बताए।

घिमिरे र श्रेष्ठको पसलभन्दा मुस्किलले २५ मिटर उत्तरमा रहेको अर्को पसल पबित्र सेन्टरमा पनि चोर समूहले ताला फुटाउने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ। घटनाको प्रहरीले अनुसन्धान थालेको छ। अहिलेसम्म कोही पक्राउ नपरे पनि खोजी कार्य जारी रहेको निमित्त प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए। पीडितको जाहेरीका आधारमा आवश्यक अनुसन्धान सुरु गरेको र बजारमा जडान गरिएको सिसी क्यामेराको फुटेजको आधारमा चोरको खोजतलासी सुरु गरिएको बताएका छन्।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad