८ वैशाख २०८१ शनिबार
समाज

भिडियोमा हेर्नुस् चन्द्रग्रहणको लाइभ

भिडियो : नासा

काठमाडौं – एक सय ५२ वर्षपछि खग्रास चन्द्रग्रहण लागेको छ। बेलुकी साढे ६ बजेबाट चन्द्रमालाई इशान कोणबाट ग्रहणले छोएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ। ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।  ‘बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ’, उनले भने।

प्रकाशित: १७ माघ २०७४ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App