coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

थाकफुक मारातिका हलेसी बिश्व शान्ति पूजा आयोजक समितिले हलेसीमा माघ ११ गतेदेखि सुरु गरेको बिश्व शान्ति पूजा बुधबार सम्पन्न भएको छ। ‘विश्व शान्ति, समस्त प्राणीको सुखशान्ती एबं प्राकृतिक विपत्ती नआओस्’ भन्ने कामना गर्दै हलेसीमा छैठौं पटक बिश्व शान्ति पूजा गरिएको मारातिका ताप्तेन छोलिङ गुम्बाका जेनेरल सेक्रेटरी सोनाम छिरिङ शेर्पाले बताए।

बिश्व शान्ति पूजाका लागि नेपाल बाहेक भारतको सिक्किम, दार्जीलिङ, भुटान, चीन, फ्रान्स लगायत बिश्वभरका हजारौं बौद्धमार्गी हलेसी आएको गुम्बाले जनाएको छ। अवतारी र गुरुसहित बौद्धमार्गीले हप्ता दिनसम्म सामुहिकरुपमा हलेसीमा बिश्व शान्तिको कामना गर्दै दैनिक पूजाआजा गरेका छन्। हलेसीमा सन् २००५ मा पहिलोपल्ट बिश्व शान्ति पूजा गरिएको थियो। संकटकालमा बाहेक अन्य वर्ष हलेसीमै बिश्व शान्ति पूजा गर्दैआइएको शेर्पाले बताए। बिश्वभरका बौद्ध धर्मावलम्बीले बिश्वका ६ वटा प्रमुख धार्मिक स्थलमध्ये हलेसीलाई एक स्थलकारुपमा पूजाआजा गर्ने गरेका छन्। ‘बिश्व शान्तिकै लागि हामीले हलेसीमा पूजा गरेका हौँ,’ शेर्पाले भने, ‘पूजाका लागि बिश्वभरका बौद्धमार्गी हलेसी आएका छन्।’

बौद्धमार्गीले अयोजना गरेको बिश्व शान्ति पूजाले हलेसीको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुगेको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ। विश्व शान्तिका लागि आएका कतिपय बौद्धमार्गी हलेसीको भैरब गुफा, रानी पोखरी र हलेसी आसपासका क्षेत्रका चौंरमा पाल टाँगेर पूजामा सहभागी बनेका छन्।

प्रकाशित: १७ माघ २०७४ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App