१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थ्री स्टार फाइनलमा प्रवेश

तस्बिर : गोलनेपाल डटकम

पोखरा – रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिन्धरा फुटबल क्लबलाई ५–० को पराकिलो गोलअन्तरले पराजित गर्दै थ्री स्टारले फाइनलको यात्रा तय गरेको हो । थ्री स्टारले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको  थियो। 

अघिकांश समय बलमा पोजिसन राखेको थ्री स्टारले उत्तर बरिन्धरालाई खेल अवधिभर दबाबमा राखेको थियो। 

थ्री स्टारको जितमा बिश्वास श्रेष्ठले ह्याट्रिक गरे । बिश्वासले पहिलो हाफको ईन्जुरी समय, दोस्रो हाफको २० औं र २८ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरेका थिए । थ्री स्टारको जितमा अन्य २ गोल पहिलो हाफको ४० औं मिनेटमा बिष्णु गुरुङ र ४३ औं मिनेटमा निराजन खडकाले गरेका थिए। 

खेलको म्यान अफ दी म्याच बिश्वास श्रेष्ठ घोषित भए। 

दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा विहिबार भोली नेपाल पुलिस क्लब र धरान फुटबल क्लब भिड्दैछन । भोलीको विजेताले उपाधिका लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ। 

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोली मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबको सहभागिता रहेको छ।

आहा रारा गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन् । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १७ माघ २०७४ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App