coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालद्वारा नेदरल्याण्ड सामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५  रनको झिनो लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको नेपाल ३८.१ ओभरमा ९४ रनमा अलआउट भएको थियो।  नेपालका कुनै पनि ब्याटस् म्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन्। नेपालका लागि ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिए।  यसअघि कप्तान पारस खड्का गोल्डेन डकआउट भएका थिए।

नेपाललाई सस्तोमा समेट्ने क्रममा नेदरल्याण्डका टि भान्डर गुटेन र रिपोनले समान ३/३ विकेट लिदाँ मर्विनले २ विकेट लिएका थिए। त्यस्तै मार्खरिन र बुकारीले समान एक एक विकेट लिएका थिए। नेदरल्याण्डले अहिले जवाफी ब्याटीङ गरिरहेको छ।

 

प्रकाशित: २९ श्रावण २०७३ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App