स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

बुधबार, १७ माघ २०७४, १३ : ५० नागरिक

काठमाडौँ – स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ। 

मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ। 

मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ। उक्त मन्त्रालयसँग राष्ट्रियस्तरका नौँ विकास साझेदार संस्थाले सहकार्य गरी काम गरिहरेका छन्। 

समीक्षा बैठक शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रालय सधैँ गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध रहेको बताए। उनले भने, ‘‘स्वास्थ्य सेवा पनि प्रदेश र स्थानीय निकायबाटै जनताले प्राप्त गर्ने हुँदा त्यसको व्यवस्थापनमा हामी लागेका छौँ।’’ 

सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच ल्याउनका लागि स्वास्थ्य बीमा ऐनसहित अब बन्ने नयाँ स्वास्थ्य नीतिमा पुनरावलोकन गरिने उनले बताए। 

स्वास्थ्य सचिव डा पुष्षा चौधरीले देश संघीयतामा जाँदै गर्दा जनशक्ति, बजेट व्यवस्थापन चुनौतिका रुपमा देखिएको छ भने। 

उनले भने, ‘‘अहिलेको जनशक्तिले हामीबाट गुणस्तरीय सेवा दिन गाह्रो छ, हामीलाई थप जनशक्ति,बजेट चाहिन्छ, प्रदेशमा स्वास्थ्यको भूमिका कहाँ कस्तो छ भन्ने पनि महत्वपूर्ण विषय हो।’’ 

स्थास्थ्य सचिव डा. चौधरीले हाल सञ्चालनमा रहेका कार्यक्रम पनि प्रभावित नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। 

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वयय महाशाखा प्रमुख डा श्रीकृष्ण गिरीले समग्रमा स्वास्थ्यका धेरै सूचक पूरा भए पनि केही विषयमा भने अझै काम गर्नुपर्ने अवस्था छ भने। 

उनका अनुसार मातृशिशु मृत्युदर घट्दै गर्दा बालबालिकामा खोपको पहुँच भने घटिरहको देखिएको छ। कुनैसमय ९४ प्रतिशतसम्म खोपको पहुँच अहिले घटेर ७८ प्रतिशतमा झरेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad