८ वैशाख २०८१ शनिबार
समाज

नौ दिनदेखि अन्तर्राष्ट्रिय हुलाक सेवा अवरुद्ध


काठमाडौं–  हुलाक सेवा विभागले थाई एयरलाइन्सलाई कार्गोबापतको बक्यौता नतिर्दा नेपालको अन्तर्राष्ट्रिय हुलाक सेवा अवरुद्ध भएको छ । चौमासिक रुपमा बुझाउनुपर्ने रकम नबुझाएपछि एयरलाइन्सले माघ ९ गतेदेखि  नेपाली सामान विदेश पुर्याउन छाडेको हो ।विभागले थाई एयरलाइन्सलाई १ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ । हुलाक सेवामार्फत कुरियर गरेर पठाउने सामान एयरलाइन्सले बोक्न छाडेसँगै सेवाग्राही मर्कामा परेका छन् ।

थाई एयरलाइन्सले अन्तर्राष्ट्रिय मुलुकमा दैनिक सयदेखि दुई सय केजी सामान कार्गोमार्फत पु¥याउँदै आएको थिथो । ६ दिनदेखि हुलाक सेवाअन्तर्गतको अन्तर्राष्ट्रिय कुरियर सेवा बन्द छ । विदेश पठाउन भनी दर्ता भएका व्यक्तिगत कागजात र मालबस्तु गौश्वारा हुलाक कार्यालयमा थन्किएका छन् । कार्यालयकी सूचना अधिकारी निर्मला थापाले एयरलाइन्सले सामान लैजान नमान्दा दर्ता भएका डकुमेन्ट र अन्य सामान नेपालमै रोकिएको बताइन् ।

‘सेवा बन्द भएसँगै अत्यावश्यक कागजपत्र हामीले सम्बन्धित व्यक्तिलाई बोलाएर फिर्ता दिएका छौं,’ उनले भनिन्, ‘विभागले रकम बुझाउन नसक्दा यस्तो समस्या आएको हो ।’ उनका अनुसार दिनमा दुई सय व्यक्तिले हुलाकमार्फत विदेशमा सामान पठाउँछन् । हुलाक कार्यालयमार्फत नेपालबाट अन्य देशमा कागजपत्र, भिसा कार्ड, मोबाइल, लुगा, हस्तकलाका सामान, खाद्यान्न सामग्री, मह, औषधि, फलफूल, दूध, अचारलगायत सामान पठाइन्छ । अहिले यो सबै सेवा ठप्प छ । ‘हामीले विभागलाई सेवा सञ्चालन गर्न धेरैपल्ट आग्रह पनि गर्यौं,’ उनले भनिन्, ‘तर, विभागले एयरलाइन्ससँग समन्वय गर्न नसक्दा समस्या अझै समाधान नहुने देखिन्छ ।’

बक्यौता नतिरेपछि थाई एयरलाइन्सले सामान लैजान नमान्दा दर्ता भएका डकुमेन्ट र अन्य सामान नेपालमै रोकिएका छन् । सेवा बन्द भएसँगै अत्यावश्यक कागजपत्र हामीले सम्बन्धित व्यक्तिलाई बोलाएर फिर्ता दिएका छौं । विभागले रकम बुझाउन नसक्दा यस्तो समस्या आएको हो ।’

विभागका सूचना अधिकारी राजन पौडेलले बक्यौता तिर्छौं भन्दा पनि थाई एयरलाइन्सले सामान लैजान नमानेको बताए । उनले बक्यौता रकम तिर्ने तयारी गरेको जानकारी दिए । ‘थाई एयरलाइन्स धेरै मुलुकमा पुग्ने भएकाले यही एयरलाइन्समार्फत नेपालबाट बाहिर सामान पठाउँदै आएका हौं,’ उनले भने, अहिले कम्पनीले निहुँ खोजेको छ ।’

उनले यसअघि सेवा लिइसकेपछि चौमासिक भुक्तानी गर्ने सम्झौता भए पनि एयरलाइन्स कम्पनीले सम्झौताविपरीत ६ महिनासम्मको अग्रिम भुक्तानी मागेको आरोप लगाए । ‘हामीले समयमै भुक्तानी पनि नगरेका हौइनौं,’ उनले भने, ‘एयरलाइन्सले ६ सम्मको भुक्तानी माग गरेको थियो, हामीसँग पर्याप्त रकम नभएकाले अग्रिम भुक्तानी बुझाउन नसकेका हौं ।’ उनले चौमासिक रुपमा तिर्दै आएको रकम बुधबार बुझाउने तयारी भएको जानकारी दिए । ‘हामीले सम्झौैताअनुसार भुक्तानी बुझाउँदै आएका थियौं, तर, यसपालि एयरलाइन्सले अकस्मात् सेवा रोकिदियो ।’ उनका अनुसार विभागले एयरलाइन्स कम्पनीलाई चौमासिक रुपमा कार्गोमार्फत रकम बुझाउँदै आएको छ । यसअघि कम्पनीले हरेक महिना बिल पठाउँदै आएको थियो ।

सेवाग्राही मारमा परेको भन्दै विभागले दर्ता गरिसकेको सामानको क्षतिपूर्ति दिने निर्णय पनि गरेको सूचना अधिकारी पौडेलले बताए । उनले हुलाकमार्फ संसारका जुनसुकै कुनाबाट दुईदेखि २० केजीसम्मको सामान १० दिनभित्रै पुग्ने बताए । ‘निजी कुरियर कम्पनीले भन्दा चारगुणा सस्तोमा हुलाकमार्फत सामान पठाउन सकिन्छ,’ उनले भने । उनका अनुसार अहिले अनलाइन सपिङ तथा आफूलाई चाहिने जुनसुकै मालसामान हुलाकका माध्यमबाट पठाउनेको संख्या बढ्दै गएको छ ।

 

प्रकाशित: १७ माघ २०७४ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App