७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानन्यायाधीशकाे नागरिकताबारे जानकारी माग्दै डा. केसीको निवेदन

निवदेन पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडाैँ जाँदै डा. गाेविन्द केसी। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीको नागरिकताको सम्बन्धमा जानकारी माग्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा  निवेदन दिएका छन्। 

डा. केसीले पराजुलीको सक्कली नागरिकता र प्रतिलिपीमा जन्ममिति फरक फरक पाइएकोले के कति कारणले उमेर फरक पारी तीन वटा नागरिता जारी गरिएको होे भन्ने विषयको यथार्थ एवम् आधिकारिक सूचना पाउने हक नेपालीलाई रहेको भन्दै निवेदन दिएका हुन्। 

डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, डा. अभिषेक राज सिंह लगायतको हस्ताक्षर रहेको निवदेनमा भनिएको छ, ‘हाल प्रधान न्यायाधीस रहनुभएका शिवपुर–६ तनहुँका गोपाल पराजुलीको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी गरेका नागरिकता प्रमाणपत्रहरू क्रमशःजन्म मिति २१ वर्ष कायम गरी मिति २०३०/४/२१ मा जारी नागरिकता प्रमाणपत्र, त्यसको २०५३ सालमा जारी प्रतिलिपी तथा जन्म मिति २०१०/१/१६ कायम गरी मिति २०६७ मंसिरमा जारी ना.प्र.नं २७।१८०३।४४१।३०१० को नागरिकता प्रमाणपत्र प्रतिलिपी सम्बन्धमा लामो समयदेखि गम्भीर सार्वजनिक सरोकारको विवाद उत्पन्न भएको विदितै छ । के कति कारणले कुन निर्णयका आधारमा उमेर फरक पारी तीन वडा नागरिकता प्रमाणपत्र र प्रतिलिपी जारी गरिएको हो भन्ने विषयको यथार्थ एवं आधिकारिक सूचना पाउने हक नेपाली नागरिकलाई छ ।’ 

निवेदनमा पराजुलीको विवादित नागरिकता प्रमाणपत्रहरू र ती प्रमाणपत्र जारी गर्दा खडा गरिएका फाइल, सिफारिस, नागरिकता दिने वा प्रतिलिपी जारी गर्ने निर्णय लगायतका विषयहरू प्रधानन्यायाधीशको पदावधि, न्यायालयको गरिमा, न्याय प्रशासन तथा न्याय सम्पादसँग प्रत्यक्ष रुपमा सम्बन्धित सूचनाहरू उपलब्ध गराउन माग गरिएको छ।

यस्तो छ निवेदनको पूर्णपाठ

प्रकाशित: १७ माघ २०७४ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App